Loading... आजः २०८२, ९ जेष्ठ बिहीबार

जाजरकोटमा सब–इञ्जिनियरमाथि कार्यकक्षमै कुटपिट

जाजरकोट : शिवालय गाउँपालिकाका–७ का वडाध्यक्ष वीरबल खत्रीमाथि सोही वडामा कार्यरत सब–इञ्जिनियर रवीन्द्रबहादुर शाहीलाई आइतबार कार्यकक्षमै कुटपिट गरेको आरोप लगाइएको छ।

तर, अध्यक्ष खत्रीले राम्रोसँग काम गर्न र ‘स्टिमेट’ समेत राम्रो बनाउन आग्रह गरेको बताएका छन्। उनले विज्ञप्ति निकाल्दै स्टिमेट गरेका अधिकांश योजना गतिलो नभएको गुनासो गरेको तर सब–इञ्जिनियर शाहीले आक्रमण गरेको भन्दै हल्ला गरेको बताएका छन्।

वडाध्यक्ष खत्रीले आफ्नो वडाभन्दा बाहिरको काम गर्ने गरेको तर वडाका कामकाजमा ध्यान नदिएको र ढिलासुस्ती गरेको भन्दै वडा कार्यलयको प्राविधिक कार्यकक्षमै कुटपिट गर्नुका साथै गालीगलौज गरेर ज्यान लिने धम्कीसमेत दिएको शाहीले आरोप लगाएका छन्। शाहीको मुखमा समेत चोट लागेको बताइएको छ।