Loading... आजः २०७८, ४ आश्विन सोमबार

कर्णालीमा आज सार्वजनिक बिदा

जुम्लामा भने चैत १२ गते धान दिवसको बिदा

सुर्खेत- कर्णाली प्रदेशमा असार १५ गते आज सार्वजनिक बिदा हुने भएको छ। असार १५ गते धान दिवसको अवसर पारेर कर्णाली प्रदेशका १० वटा जिल्ला मध्ये जुम्ला बाहेक नौ जिल्लामा बिदा दिइएको हो।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले धान दिवसको दिनमा कृषिलाई प्रवद्र्धन गर्न सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।

मन्त्रालयका प्रवक्ता तुलबहादुर खड्काले मन्त्रिपरिषद्को निर्णय अनुसार असार १५ गते धान दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको जानकारि दिए।जुम्लामा भने चैत १२ गते धान दिवस भनेर बिदा दिने गरिएको छ ।