खोलामा ठेकेदारको दादागिरी, नदिजन्य पदार्थको दोहन हुँदा समेत सम्बन्धित निकाय रमिते
दैलेख ः दैलेखका खोलामा ठेकेदारको दादागिरीले नदिजन्य पदार्थ दोहन गरेको पाइएको छ ।
जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरपालिकाको सिमानामा पर्ने छामघाट खोलामा पुष्षलाल मध्यपहाडी योजनाको चकत्रा बजारदेखि सदरमुकाम स्थित डिभिजन वन कार्यालयको गेटसम्मका लागि सडक निर्माण कार्यको जिम्मा पाएको कन्काई मोतिदान जेभि नामक कम्पनिले नदिजन्य पर्दाथको दोहन गर्न नमिल्ने प्रावधानको धज्जि उडाई खुला रूपले नदि दोहन गरेको पाईएका हो ।
बर्षातको समयमा नदिजन्य पदार्थको उत्खनन गर्दा नदिले आफ्नो धार परिवर्तन गरि क्षति पु¥याउने अनुमानले असार महिनादेखि भदौ मसान्तसम्म नदिजन्य पदार्थको उत्खनन् गर्ने नमिल्ने प्रावधान अनुरूप जिल्ला अनुगमन समितिले मिति २०७८ असार १०मा नदिजन्य पदार्थको उत्खनन गर्ने नमिल्ने भन्दै विभिन्न चारवटा निर्णय गरेतापनि उक्त निर्णयको धज्जि उडाउदै सो कम्पनिले खुला रूपमा नदिजन्य पदार्थको दोहन गर्दा सम्बन्धित निकाय बेखबर बनेको छ ।
नदिजन्य पर्दाथको दोहन भएको खबर पायसङ्गै स्थानिय प्रशासनले प्रहरीलाई खबर गरी सवारी साधन नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका सवारी साधनहरु शक्तिका भरमा छाडिदिएको स्थानियले बताएका छन् । जिल्ला अनुगमन समिति, स्थानिय प्रशासनले, पटक–पटक खबरदारी गर्दा समेत कन्काई मोतिदान जेभिले आफ्नो शक्तिको भरमा खुला रूपमा नदि दोहन गरी नियम कानुनको धज्जि उडाएको भेटिएको छ ।
नदि दोहनको खबर पायसङ्गै सम्बन्धित सवारी साधनहरू नियन्त्रणमा लिई प्रहरी कार्यालयमा बुझाएको र नियन्त्रणमा लिईसके पछी नदिजन्य पर्दाथको बारेमा कार्वाही गर्ने अधिकार जिल्ला समन्वय समितिलाई रहेको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
नियन्त्रणमा लिएका सवारिसाधनहरू जिल्ला समन्वय समितिको समन्वयमा अब उपरान्त यस्तो कार्य नगर्ने सर्तमा छाडीएको प्रहरी नायव उपरिक्षक अनुपम श्रेष्ठले बताएका छन् ।
नदिजन्य पदार्थको दोहन गरेको भेटिएपछि नियन्त्रणमा लिएका सवारी साधनहरू आफुहरूले थाहा नपाई खोलामा मेशिन लिएको स्विकार गरेपछि आफुहरूले सम्झाई बुझाई अब उपरान्त नगर्न सहमती गरी पठाएको जिल्ला समन्वय प्रमुख प्रेम थापाले जानकारी दिएका छन् । पुष्पलाल मध्यपहाडी योजनाको बजार खण्ड लगाएतका पर्खालहरू भत्किई पुन निर्माण गर्नुपर्ने भएकाले, साथै स्थानिय पालिकासङ्गको अषाढ ३० गतेसम्मको सम्झौता अनुरूप आफुहरूले नदिजन्य पदार्थको उत्खनन् गरेको कन्काई मोतिदान जेभिका सन्चालक अनुज खड्काले बताए , उनका अनुसार सम्झौता अनुरूप आफुहरूले उत्खनन् गर्दा स्थानिय प्रशासनले सवारी नियन्त्रणमा लिई पच्चिस हजार रूपयाँ तिराई अन्याए गरेको छ ।
जिल्ला अनुगमन समितिले असार १० गते गरेको निर्णयमा नदिजन्य पर्दाथको उत्खन्न गरि ओसार पसार गरेको खण्डमा डोजर,स्काभेटर, जेसिभि पचास हजार, ट्रक बीस हजार ट्रिपर पन्ध्र हजार र ट्याक्टरलाई सातहजार रुपयाँ जरिवाना तोकिएपनि जिल्ला अनुगमन समितिको जिम्मा पाएको समन्वय समितिले ठेकेदार कम्पनिलाई सहजै उन्मुक्ति दिएको छ ।
रोचक कुरा त के छ भने नियन्त्रणमा लिएका सवारिसाधनहरू आफुहरूले थाहा नपाई खोलामा लिएको र सम्झाई बुझाई अब उपरान्त गर्ने छैनौ भनी सम्झाएर पठाएको समन्वय प्रमुख प्रेम थापा बताउछन भने उता अबैध रूपमा नदिजन्य पदार्थको उत्खनन् गरेको ठेकेदार कम्पनि भने स्थानीय तहसङ्ग अषाढ ३० गतेसम्म सम्झौता रहेको आफुले गर्नुपर्ने केही कामहरू अधुरा रहेकोले उत्खनन गरेको उत्खनन गर्ने क्रममा प्रहरीले सवारी नियन्त्रणमा लिई जिल्ला समन्वय समितिलाई पच्चिस हजार जरिवाना बुझाएको ठेगेदार कम्पनिका सन्चालक खडकाले पञ्चकोशी खबरलाई बताएका छन् समन्वय प्रमुख र ठेकेदार कम्पनिको कुरा एक आपसका मेल नखानुले पनि प्रष्ट हुन्छ कि मिलोमतौमै नदिजन्य पदार्थको दोहन भएको हो । यसरी जिल्लामा अनुगमन समितिले नियम बनाउने खुला रूपमा नदि दोहन हुँदा समेत कुनै कार्वाही नगरी छाडिनुले शङ्का गर्ने ठाउँ प्रसश्त छ ।





