Loading... आजः २०७८, १० श्रावण आईतवार

रेडक्रसद्वारा दैलेखका स्थानिय तहलाई स्वास्थ्य सामग्री प्रदान

दैलेख -नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाद्वारा सञ्चालित समावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनाले कोभिड रोकथाम तथा प्रतिकार्य सघाउन दैलेखका ५ वटा स्थानीय तहहरु र सदरमुकामको दैलेख अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
नौमूले, डुंगेश्वर, महाबु गाउँपालिका, दुल्लू नगरपालिका र सदरमुकामको दैलेख अस्पताललाई ती स्वास्थ्य सामग्री हस्तान्तरण गरी सकेको र आठबीस नगरपालिकालाई चाहिं आज मात्र हस्तान्तरण गर्न आफू राकम जान लागेको नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका जिल्ला सभापति खेमराज केसीले जानकारी दिनुभयो ।
नौमूले, डुंगेश्वर, महाबु गाउँपालिका, दुल्लू र आठबीस नगरपालिकालाई प्रत्येक पालिकालाई ४ वटा अक्सिजन एक सय थान साबुन, १० वटा हर्पिक, ५ वटा ट्वाइलेण्ट सफा ब्रस दिइएको मावेशी खानेपानी सरसफाई तथा स्वच्छता प्रवद्र्धन परियोजनाका जिल्ला संयोजक हिरा बिश्वकर्माले बताउनुभयो ।
रेडक्रस शाखा दिएको स्वास्थ्य सामग्रीमा कोरोना संक्रमित भएका व्यक्तिको व्यक्तिगत सरसफाईको लागि एक–एक वटा नुहाउने साबुन, कपडा धुने साबुन, दाँत माझ्ने ब्रुस, टुथ पेष्ट, सेनिटाइजर, पोलिव्याग, ५ वटा पोलिथिन र २५ वटा सर्जिकल मास्क राखिएका १० वटा सेट दिइएको छ ।
स्थानीय तहहरुले सञ्चालन गरेका अस्पतालतमा दिइएका ती स्वास्थ्य सामग्रीहरु कोरोना रोकथाम र कोभिडका विरामीहरु उपचार गर्न सघाउने उद्देश्यले सम्वन्धित पालिकामा पुगेर पालिकाका प्रमुखलाई हस्तान्तरण गरिएको नेपाल रेडक्रस सोसाइटी दैलेख शाखाका उपसभापति पूर्णबहादुर खत्रीले बताउनुभयो ।