एमालेमा अब इतिहासले हार्छ : विष्णु रिजाल
काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीमा दुई खालका नेता भएको टिप्पणी गरेका छन्। पार्टीभित्रको विवाद मिल्न नसकिरहेका बेला नेता रिजालले इतिहास लामो भएका नेता बढी कठोर र भविष्य लामो भएका नेता लचक देखिएको विश्लेषण गरेका हुन्।
उनले भनेका छन्, ‘नेकपा (एमाले) को विवादका केस्रा केलाउँदा र होटेल समिटमा भएका निरन्तरका छलफलका अन्तरकुन्तर बुझ्दा इतिहास लामो भएका नेता कमरेडहरू बढी कठोर देखिनुहुन्छ भने भविष्य लामो भएका नेता कमरेडहरू लचक देखिनुहुन्छ।’
यस्तै उनले नेताहरूलाई इतिहासप्रति गर्व गर्न र भविष्यप्रति विश्वास गर्न पनि आग्रह गरेका छन्। ‘इतिहासप्रति गर्व गरौं, भविष्यप्रति विश्वास गरौं र आशा गरौं- इतिहासले भन्दा भविष्यले जित्नेछ र एमाले एकतामा फर्किनेछ।’




