Loading... आजः २०८३, ५ बैशाख शनिबार

‘आजै रातिसम्म सहमतिमा पुग्नेगरी छलफल हुन्छ’

काठमाडाैं : नेकपा (एमाले) को विवाद समाधान गर्न गठित कार्यदलका सदस्य रघुजी पन्तले कार्यदलले आजै राति सम्म सहमतिमा पुग्ने गरी छलफल गरिरहेको बताएका छन्।

आज कार्यदलको बैठक दिउँसोदेखि जारी छ। सञ्चारकर्मीहरूको प्रश्नको जवाफ दिँदै कार्यदल सदस्य रघुजी पन्तले कार्यदलमा छलफल सकारात्मक ढंगले बढेको भन्दै आजै रातिसम्म सहमति हुनसक्ने दाबी गरे।

‘मस्यौदामा छलफल गर्‍यौँ । मस्यौदामा हामीलाई लागेका सुझावहरू दियौँ । छलफल सकारात्मक ढंगले भएको छ । हाम्रो सुझावहरूलाई त्यसमा सामेल गरेर सम्भव भएसम्म आजै त्यसलाई पूर्णतामा पुर्‍याउने प्रयत्न छ। पार्टी एकतालाई कसरी प्रभावकारी ढंगले बढाउन सकिन्छ भन्ने केही बुँदाहरूमा हामीले आफ्ना धारणाहरूलाई सहमतिका साथ बनाउने प्रयत्न गरेका छौँ। साथीहरूले राखेका भावना, धारणा र विचारहरूलाई पनि राखेर त्यसलाई पूर्ण बनाउने प्रयत्न भएको छ। सम्भव भएसम्म हामी आज नै त्यसलाई सकौँ भन्ने प्रयत्नमा छौँ। छलफल चलिरहेको छ। त्यसलाई फाइनल रुप दिने प्रयास भइरहेको छ।’ कार्यदलको बैठक सोमबारदेखि निरन्तर बसिरहेको छ। नेताहरूले हरेक दिन सहमति नजिक पुगेको र एमाले एकता हुने दाबी गर्दै आएका छन्।

समाचार