Loading... आजः २०७८, १० श्रावण आईतवार

भिरबाट लडेर किशाेरीकाे मृत्यु

दैलेख ः दैलेख जिल्लाकोे भगवतीमाई गाउँपालिका–४ मन्घरकी कि १७ वर्षीया किशोरी टीका बिसीको भीरबाट लडेर मृत्यु भएको छ । गोठालो गएका बेलामा बिहीबार साँझ भीरबाट लडेकी उनको उपचारका क्रममा जिल्ला स्वास्थ्य कार्यालय दैलेखमा जिल्ला प्रहरी कार्यालउय दैलेखले जानकारी दिएको छ । प्रहरीका अनुसार उनीसँगै गएकी १५ वर्षीय रोशनी थापाको अवस्था गम्भीर रहेको र रोशनीको थप उपचारका लागि सुर्खेत रिफर छ । उनिहरुको भीरबाट लडेर करिब २ सय मिटर तल खसेको अवस्थामा प्रहरी र स्थानीयले उद्धार गरेका थिए ।
यस्तै दैलेखमा घरायसी विवादका कारण श्रीमतिले श्रीमानको हत्या गरेकी छन् ।
जिल्लाको नारायण नगरपालिका–११ टाटामाखुमा श्रीमतीले काठको मुंग्रो प्रहार गरी श्रीमानको हत्या गरेकी हुन हत्याको कारण घरयासी विवाद रहेको दैलेख प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका इन्स्पेक्टर इन्द्रजित सुनारका अनुसार घरयासी विवाद हुँदा ३३ वर्षीया श्रीमती सुशीला मल्लले अन्दाजी ३५ वर्षीय श्रीमान् खगेन्द्र मल्ललाई बिहीबार राति करिब ९ः३० बजे हत्या गरेका हुन । प्रहरीमा श्रीमानको हत्या गरेको भन्ने जाहेरी आएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको सुनारले बताए । श्रीमानको हत्या गर्ने सुशीलालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।