Loading... आजः २०८१, २३ मंसिर आईतवार

योजना सम्पन्न भएको २ बर्षसम्म भएन रकम भूत्तानी

दैलेखः दैलेखको भगवतीमाई गाउँपालिका वडा नं. ४ रुमी गाउँमा निर्माण भएको रुमी सिंचाई योजना निर्णण भएको २ बर्ष हुँदा सम्मेत भूक्तानी भएको छैन् । आर्थिक बर्ष ०७६÷०७७ मा निर्माण सम्पन्न भएको आयोजना आर्थिक बर्ष ०७८÷०७९ सम्म पनि उक्त योजनाको भूक्तानी नभएको भेटिएको छ ।
खानेपानी तथा सिंचाई कार्यालय दैलेखको १० लाख सम्झौता अनुसार निर्माण भएको रुमी सिंचाई योजनामा निर्माण गर्दा विभिन्न पसल तथा सप्लायर्सबाट लिएका सामाग्री सम्मेतको भूक्तानि दिन सकिएको छैन् योजना निर्माण सम्मन्न भएको २ बर्ष सम्म पनि उक्त योजनामा काम गर्ने मजदुरले पैसा पाएका छैनन् ।

निर्माणको क्रममा काम गरेका मजदुरहरु योजनाको पैसा पाउनुपर्ने भन्दै सामाजिक संजालमा दुखेसो पोखेका छन् । काम गर्ने वेलामा उपभोक्ता समितिले काम गर्ने मजुरलाई ५१७ रुपयौँ दिने गरी काम गराएको र काम सकिएको २ बर्ष वितिसक्दा सम्मेत आफू लगायत गाउँका अन्य मजदुरहरुले अहिले सम्म पैसा नपाएको स्थानिय विनोद के.सीले बताए । उनले भने हामि उपभोक्ता समितिसंग पैसा माग्छौँ उनिहरुले कार्यालयले पैसा भूत्तानी दिएको छैन् भन्नुहुन्छ । अब काम गरेको पैसा हामीले कहाँ गएर माग्ने ?
रुमी सिंचाई योजना निर्माण उपभोक्ता समितिले योजनाको भूत्तानीको लागि खानेपानी तथा सिंचाई कार्यलय दैलेखमा योजना सम्पन्नताको प्रतिवेदन वडा कार्यालयको सिफारीस, डोर हाजीरी, योजनाको फोटोहरु लगाएतका कागजात बुझाई सकिएको उपभोक्ता समितिका सचिव दुर्गप्रसाद अधिकारीले जानकारी दिएका छन् ।

उनले दिएको जानकारी अनुसार– योजना कै कामले भिभिन्न समयमा गाउँबाट बजार धाउँदा–धाउँदा गाडि भाडामै धेरै पैसा खर्च भयो । सदरमुकाम जाँदा आफुहरुले बाख्राे पाठाे बचेर लकडाउनको समयमा कार्यालयमा पुगेको दुखेसो पोखे। गाउँमा आफुरुलाई दैनिक जस्तो काम गर्ने मजदुरले हैरानी बनाई सकेका छन् गाउँमा काम गर्नेलाई योजानाको भुक्तानी आएको छैन भन्दा उनिहरु पत्याउँदैनन बरु उल्टै पैसा चाहियो भनेर भनिरहन्छन् ।

योजना निर्माण गर्दा ल्याएको जाली, सिमेन्ट, सरिया लगाएतका सामाग्रीको पैसा पनि दिन नसकिएकोले साहुहरुले दैनिक जस्तो फोन गरेर हैरान पारेको छन् । यो योजनामा १८ मिटर मेसेनरी वाल, १३ वटा जाली, १२० मिटरको नहर समपन्न भइसकेको अधिकारीले बताए ।
योजनाको भुक्तानी किन नभएको भनने बारेमा उपभोक्ता समितिलाई बताई सकेको प्रतिक्रिया दिदै खानेपानी तथा सिंचाई कार्यालय दैलेखका कार्यालय प्रमुख अशोकराज गौतमले भने ।

योजनको संझौता गरेको बर्ष योजना भएको भएपनि उहाँहरुले कुन के कारणले भूत्तानी लिन सक्नु भएन । यो आर्थिक बर्षमा त्यस ठाउँमा योजना थिएन् योजना नभएकोले कार्यालयले पैसा दिन नसकेको भन्दै उहाँहरु यो विषयलाई लिएर पटक–पटक कार्यलयमा आउनुभएको थियो यस विषयमा उहाँहरुलाई स्पस्ट पारेर पठाएको छ , जिल्लामा उहाँहरुको जस्तै समस्या करीब २२÷२५ वटा रहेकोले आफुले मन्त्रालय संग यसको बारेमा कुरा गरेको र उहाँहरुको समस्या छिटै सामाधान हुने विश्वास व्यक्त गरे ।

गौतमले भने–उपभोक्ताहरुले योजना निर्माण भएको बारेमा सचेत हुदै भएका योजनाहरु भत्के विग्रेका छन् भने उहाँहरुले बनाउनुपर्छ । योजनाहरुलाई चालु अवस्थामा राख्ने, बनेका योजना दिगो बनाउँदै लिने योजनाको पैसा पाईएको छैन भन्दै योजानालाई हेल्चक्राई गर्ने, जिल्लामा योजना बनाउँदै गर्दा लाभ लिनेको संख्या धेरै भएको भन्दै योजना बनेपछि लाभ लिनहुन अनुरोध गरेका छन् ।