Loading... आजः २०८२, २९ फाल्गुन शुक्रबार

माधव नेपाल पक्ष सरकारमा नजाने

gjlgo’Qm k|wfgdGqL z]/axfb’/ b]pjfnfO{ awfO{ lbb} g]skf -Pdfn]_sf jl/i7 g]tf dfwjs’df/ g]kfn . . tl:a/ M k|lbk/fh jGt, /f;;

काठमाडौँ: एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल पक्ष सरकारमा सहभागी नहुने भएको छ ।

बुधबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको सत्तापक्षीय बैठकमा नेता नेपालले आफूहरु सरकारमा सहभागी नहुने सन्देश पठाएका हुन् । बुधबार बालुवाटारमा कांग्रेससहित शेरबहादुर देउवा नेतृत्वको सरकारलाई समर्थन गर्ने विभिन्न ५ दलका नेताहरु छलफलमा थिए ।

सोही बैठकमा नेता नेपालले आफ्नो समूहका नेता विजय पौडेल मार्फत सरकारमा सहभागी नहुने सन्देश पठाएका हुन् । तर नेपाल-खनाल समूहका नेताले सरकारलाई कोभिड नियन्त्रणबारे केही सुझाव दिएको बताएका छन् ।

बुधबारको बैठकमा जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने व्यवसायी उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्री बनाएकोमा प्रधानमन्त्रीसँग असन्तुष्टि पोखेका थिए । उनले श्रेष्ठको सट्टा अन्य नेतालाई बनाउनुपर्ने सुझाव दिएका थिए ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले समर्थनमा रहेका सबै दलका नेताहरुलाई मन्त्री हुने नेताहरुको नाम छिट्टै पठाउन आग्रह गरेका थिए ।

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले भने यसअघि नै सरकारमा छिट्टै सहभागी हुने बताएका थिए । पार्टीको आधिकारिकता विवाद समाधान सँगै यादवले सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् । हाल कांग्रेस नेतृत्वको सरकारलाई माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल पक्षले समर्थन दिएका छन् ।