अबैध काठसहित भगवतीमाईका अधिकारी र सुर्खेतका सिंजालीमगर पक्राउँ
सुर्खेतः सुर्खेत प्रहरीले अबैध काठसहित दुई जनालाई पक्राउ गरेको छ । जिल्ला सदरमुकाम वीरेन्द्रनगर–२, भुरेली सडकखण्डबाट शुक्रबार प्रहरीले भे १ त–५११५ नम्वरको टे्क्टरमा अबैधरुपले ल्याउँदै गरेको ५१ क्युफिट सिसौंको काठसहित चालक र सह–चालकलाई रंगेहात पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा टे्क्टरका चालक भेरीगंगा नगरपालिका–२, का २६ वर्षीय तिर्थबहादुर सिंजालीमगर र सह–चालक दैलेखको भगवतीमाई गाउँपालिका–१, का गणेश अधिकारी रहेका छन् ।
अबैध काठ ओसार पसार भईरहेको विशेष सूचनापछि गएको प्रहरीको गस्ती टोलीले अबैध काठ, ट्ेक्टरसहित चालक र सह–चालकलाई नियन्त्रणमा लिएर आवश्यक कार्वाहीका लागि डिभिजन वन कार्यालय सुर्खेत पठाईएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी (डीएसपी) रामप्रसाद घर्तीमगरले जानकारी दिए ।
यता डिजिजन वन अधिकृत गोविन्दप्रसाद दाहालले अबैध काठसहित पक्राउ परेका उपर आवश्यक अनुसन्धान शुरु भईसकेकाले वन ऐन २०७६ अनुसार कार्वाही हुने बताए ।








