एशियन लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दावी भुक्तानी
दैलेख ः एशियन लाईफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबीको ३२ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरेको छ ।
कोरोना संक्रमणका कारण ज्यान गुमाएका दैलेखको भैरबी गाउँपालिका–४ का केशवबहादुर शाहीको परिवारलाई उक्त रकम हस्तान्तरण गरेको हो । मृतक शाही शिक्षक समेत हुन् । उनि भैरबी गाउँपालिका–४ स्थित गौरी मावी बालेकाँडामा कार्यरत थिए ।
उनि कार्यरत विद्यालयमा आयोजित एक कार्यक्रममा बीच मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो । उक्त मृत्यु दाबी रकम एशियन लाईफ इन्स्योरेन्स कम्पनीका कर्णाली प्रदेश प्रमुख विजय पराजुली, भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढा, उपाध्यक्ष पदमकुमारी विष्ट, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीको उपस्थितीमा हस्तान्तरण गरिएको छ ।
मृतक शाहीको श्रीमती झलककुमारी शाहीलाई मृत्यु दाबी बापतको चेक प्रदान गरिएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी दैलेख शाखाका प्रबन्धक डम्मर ढकालले जानकारी दिए ।
शाहीले शाहीले म्यादी जीवन बीमा, बाल भविष्य, म्यादी, बार्षिक धनलाभ, नवरत्नसहित नौवटा जीवन बीमा गरेको प्रबन्धक ढकालले बताए ।
एशियन लाईफ इन्स्योरेन्स कम्पनीको सिनियर एजेन्सी म्यानेजर समेत रहेका शाहीको गत बैशाख २२ गते निधन भएको थियो । उनको कोरोना भाइरस (कोभिड–१९) संक्रमण भई उपचारको क्रममा निधन भएको थियो । मृतक शाहीको श्रीमती, एक छोरा र एक छोरी छन् ।





