सुनौला हजार दिनका आमालाई पोषण सामाग्री
दैलेख ः जिल्लाको गुराँस गाउँपालिकाले सुनौला हजार दिने आमाहरुलाई पोषण सामाग्री बितरण गरेको छ ।
गाउँपालिकाले आफ्नो पालिका भिका आमाहरुलाई आइतबार ५१ लाख बराबरको पोषण प्याकेज वितरण गरिएको हो ।
गाउँपालिकाले दिएको जानकारी अनुसार बहुक्षेत्रिय पोषण र सुनौला हजार दिनका आमाहरुसंग उपाध्यक्ष् कार्यक्रम अन्तर्गत गाउँपालिका अन्तर्गत रहेका सुनौला हजार दिनका आमाहरुलार्ए प्रति वडा २ सय २५ का दरले ८ वडाका जम्मा १८०० जना र पोषण नमुना टोल का २०० घरधुरीलाई रू ५१ लाख ८८ हजार बराबरको पोषण प्याकेज र अन्य सामाग्री गाउँपालिकाका अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपा कुमारी बि.सी.को सहभागितामा वितरण गरिएको छ ।








