Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

एक हप्तामै बन्द भए नारायणका विद्यालय (सुचना सहित)

दैलेख ः दैलेखको नारायण नगरपालिकाका विद्यालय एक हप्तामै बन्द भएका छन् कोरोनाको संक्रमण दर घटदै गएका भन्दै भौतिक उपस्थितीमै नारायण नगरपालिका भित्रका विद्यालय संचालन गरिएको थियो । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिमका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु साउन २२ गतेबाट संचालनमा आएका थिए ।
नारायण नगरपालिकाले विद्यालय सञ्चालन गरी पठनपाठन सुरु गरेको एक हप्तामै यहाँका विद्यालयहरु बन्द भएका हुन् । २२ गतेबाट नगरपालिका भित्रका ३८ वटा सामुदायिक विद्यालयमा पठनपाठन सुरु गरिएको थियो ‘पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाएर विद्यालय सञ्चालनमा ल्याएको नगर शिक्षा शाखाले बताएपनि विद्यालयमा यसको पालना हुन नसकेका कारण अहिले विद्यालय बन्द गर्नुपरेको नारायण नगरपालिकाका नगरप्रमुख रत्न बहादुर खड्काले हस्ताक्षर गरिएको प्रकाशित भएको छ । सुचनामा भनिएको छ ‘ २२ गते देखि नगरका सरोकारवाला सबैको सहकार्यमा विद्यालय संचालन गरे पनि कोरोना महामारीको संक्रमण दिन प्रतिदिन बढदै गएको र यसको प्रभाव यस नगरपालिकामा पनि परेको हुँदा सिकाई सहजीकरणको बैकल्पिक माध्याम अपनाउदै अर्को सुचना नभएसम्मका लागि भदौँ १ गतेदेखि सम्पुर्ण विद्यालयहरु बन्द गरिएका छ ’ ।
जिल्लामा कोरोनाको महामारी कम नभएको भन्दै नगरपालिकाले हतार गरेर विद्यालय संचालन गरेका कारण एक हप्तामै विद्यालय बन्द हुँदा विद्यार्थीको स्वास्थ्य तथा शिक्षा माथि खेलवाड गरिरहेको यहाँका स्थानियले बताएका छन् । प्रशासनको लिखित समन्वय विना नगर शिक्षा समितिले निर्णय नगरी केवल प्रधानाध्यापक हरुलाई निर्णय गर्न लगाई भौतिक रुपमा विद्यालय सञ्चालन गर्नु आफैमा केटाकेटीपन भएको स्थानिय उपेन्द्र खनालले बताए । जिल्लामा हालसम्म ३ हजार ५ सय २ जनामा कोरोना संक्रमण पुष्टि भईसकेको छ । ती मध्ये ३ हजार ४ सय ३७ जना निको भएका छन् स्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार आइतबारसम्म कोरोना संक्रमणका कारण २९ जनाले ज्यान गुमाईसकेका छन् भने सक्रिय संक्रमितको संख्या ३६ जना छ । हहिले दैलेख अस्पतालको आइसोलेसनमा ६ जना उपचाररत छन् ।