Loading... आजः २०७८, ४ आश्विन सोमबार

यसरी भैरहेको छ स्थानिय प्रशासनको नियम उलङ्घन (फोटो फिचर)

दैलेख ः राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले दैलेखमा राँके जुलुस प्रदर्शन गरेको छ । दैलेख सदरमुकाममा राजनीतिक दलसम्बन्धी अध्यादेश विरुद्ध बुधबार राँके जुलुस निकालेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको राजनितिक दलसम्बन्धी अध्यादेश खारेज गर्नुपर्ने र पार्टी फुटाउन नपाइने भन्दै आन्दोलन गरेको रास्ट्रिय युवा सँघ दैलेखका सचिव चन्द्र दाहालले बताए । राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियु जनघाति अध्यादेश खारेज गर , बिदेशमा अलपत्र नागरिकलाई उद्वार गर, जयसिँह धामिलाई न्याय दे , बिदेशि दलालहरु होशियार जस्ता नारा हरुको साथ राँके जुलुस प्रदर्शन गरेको थियो ।

फाेटाे तरूण न्युजबाट