दुल्लुमा कानुन निर्माण सम्बन्धी तालिम
दैलेख ः दैलेखको दुल्लु नगरपालिकामा कानुन निर्माण सम्बन्धी ३ दिने तालिम संचालन भएको छ । स्थानिय तहमा कानुन निर्माण सम्बन्धि प्रशिक्षण कार्यक्रम मंगलबारबाट सुरु भएको छ । नेपाल कानुन समाज र सुशासनको लागी क्षमता विकास परियोजनाद्धारा सञ्चालित तालिममा दुल्लु नगरपालिकाले निर्माण गरिरहेका र निर्माणको चरणमा रहेका विभिन्न कानुन निर्माणमा सहयोग पुग्ने अपेक्षा राखिएको छ ।
दुल्लु नगरपालिकाका १३ वटै वडाका जनप्रतिनिधिहरु र विषयगत शाखाका प्रमुखहरुको सहभागिता ३ दिने कार्यक्रम संचालन भएको दुल्लू नगरपालिकाले जानकारी दिएको छ । तालिममा मुख्य प्रशिक्षकको रुपमा संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटा छन् प्रशिक्षण कार्यक्रममा जी आई जेठ का पशुपतिनाथ झा, कर्णाली प्रदेशका मुख्य सचिव गणेश प्रसाद पाण्डेले सहजीकरण गरिरहेका छन् । कार्यक्रमको अवसरमा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेन्द्रजंग शाहीले नगरपालिकाले २८ वटा ऐन पारित गरिसकेको बताउए । उनका अनुसार केहि कानुनहरु विवादका कारण अझेलको भन्दै थप कानुन निर्माणको लागी प्रशिक्षण कार्यक्रमले सहयोग छ ।
यसै गरि मुख्य प्रशिक्षक संविधान सभा सदस्य एवं वरिष्ठ अधिवक्ता खिमलाल देवकोटाले जनप्रतिनिधिका ४ वर्ष वितिसक्दा सम्म पनि विभिन्न स्थानिय तहका कानुनहरु नबनेको अवस्थामा जनप्रतिनिधिका अनुभवबाट कानुन निर्माणको लागी प्रशिक्षण तालिम दिनुपर्ने अवस्था आएको भन्दै कानुनले स्थानिय तहका समस्या समाधानमा सहयोग पुग्ने धारण राखे ।
मंगलबारबाट सुरुभएको प्रशिक्षण कार्यक्रममा बोल्दै दुल्लु नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले कानुन निर्माणको चरणमा विभिन्न समस्याहरु आइपरे र यस्ता समस्याहरुलाई सकरात्मक रुपमा मुल्यांकन गर्न आवश्यकता रहेको बताए ।








