Loading... आजः २०८२, २ माघ बिहीबार

बढदै जवरजस्ती करणीका घटना

सुर्खेत ः कर्णाली प्रदेशमा जवरजस्ती करणीका घटना बढ्दै गएको पाइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयले दिएको तथ्याङ्क अनुसार प्रदेशमा आर्थिक बर्ष २०७६÷०७७ भन्दा गत आर्थिक बर्षमा जवरजस्ती करणीका घटनाका उजुरी बढेका हुन । आर्थिक बर्ष २०७६÷७७ मा जवरजस्ती करणीका एक सय ४१ मुद्धा दर्ता भएकोमा गत आर्थिक बर्षमा त्यो संख्या बढेर एक सय ५७ पुगेको छ ।
जवरजस्ती करणीका मुद्धा धेरै आएपनि जवरजस्ती करणी उद्योगका मुद्धा भने केही कम भएको देखिएको छ । आर्थिक बर्ष २०७६÷०७७ मा ५८ मुद्धा जवरजस्ती करणी उद्योगका रहेकोमा गत आर्थिक बर्षमा ४६ वटा मुद्धा दर्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता माधव प्रसाद श्रेष्ठका अनुसार आर्थिक बर्ष २०७६÷०७७ मा सबैभन्दा धेरै जवरजस्ती करणीका घटनाका उजुरी सुर्खेतका ६१ छन । यस्तै, दैलेखमा १७, जाजरकोटमा १०, रुकुम पश्चिममा १५, सल्यानमा १६ जुम्लामा ६ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएका छन । यसैगरी, हुम्लामा २, मुगुमा ४ कालिकोटमा ९ र डोल्पामा एउटा मुद्धा दर्ता भएकोमा आर्थिक बर्ष २०७७÷०७८ मा पनि सुर्खेतमा सबैभन्दा धेरै ४९ वटा जवरजस्ती करणीका मुद्धा दर्ता भएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् । उनका अनु्सार गत आर्थिक बर्षमा नै दैलेखमा दैलेखमा २३, जाजरकोटमा १४, रुकुम पश्चिममा १२, सल्यानमा ३१, कालिकोटमा ९, जुम्लामा ७, हुम्लामा ४ डोल्पामा ४ मुगुमा ४ गरी एक सय ५७ जवरजस्ती करणीका उजुरी प्रहरीमा दर्ता भएका छन ।
अधिकांस जवरजस्तीकरणीका घटना बालबालिकाहरुमा हुने गरेको भन्दै प्रदेशमा यस्ता घटना हुन नदिन प्रहरीले विभ्निन जनचेतनाका कार्यक्रम संचालन गरिरहेको प्रवक्ता श्रेष्ठले बताए ।