Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

पत्रकारको पीसिआर रिपोर्ट नेगेटिभ


दैलेख ः दैलेख जिल्लामा कार्यरत पत्रकारहरुको पीसिआर रिर्पोट नेगेटिभ आएको छ ।
आइतबार दैलेखका १८ जनाका नोजल (नाकबाट) स्वाव संकलन गरि परिक्षण गर्दा रिर्पोट नेगेटिभ आएको हो । कोरोनाको यो माहामारीले विश्व नै आक्रान्त रहेको वेला दैलेखमा पनि यसको जोखिम बढ्दै जानु र पत्रकारहरुले रिपोटिङ गर्न जाँदा कोरोनको संक्रमण फैलिन सक्ने अवस्थालाई मध्यनगर गर्दै दैलेख जिल्लाका क्रियाशिल पत्रकारहरुको आइतबार स्वाव संकलन गरिएको थियो
नेपाल पत्रकार महासंघ दैलेखको समन्वयमा दैलेखबाट समाचार संकलन गरिरहेका पत्रकार हरुको स्वाव संकलन गरिदिन स्वास्थ्य सेवा कार्यलयलाई अनुरोध गरेपछी स्वाव संकलन भएको र स्वाव संकलन पछी परिक्षणको लागि आइतबारनै सुर्खेत पठाएको थियो । जिल्लाका १८ जना पत्रकारहरुको कोरोना परिक्षणको लागि स्वाव संकलन सुर्खेत पठाएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
आइतबार स्वाब संकलन गरिएका पत्रकारहरुको मंगलबार रिपोर्ट नेगेटिभ आए पनि पत्रकारले सुरक्षीत रहेर समाचार संकलन गर्नेपने देखिन्छ, पहिलो चरणमा परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ सेवा कार्यलय दैलेखले जनाएको छ ।
पत्रकारहरुले आफु सुरक्षित रहेर मात्र समाचार संकलन गर्ने नेपाल पत्रकार महासंघ दैलेखका अध्यक्ष चक्र केसीले बताए । उनले भने दैलेखमा कार्यरत पत्रकार सबैको कोरोना परिक्षण हुन्छ केही प्राविधिक कारणले परिलो चरणमा केही पत्रकारको परिक्षण गरिएको छ । थप पत्रकारहरुको केही दिनमा परिक्षण हुने महाँसघले जनाएको छ ।

समाचार