Loading... आजः २०७८, ४ आश्विन सोमबार

एकैपटक दुई अस्पताल सञ्चालन

दैलेख : जिल्लाको गुराँस गाउँपालिकाले एकैपटक दुईवटा अस्पताल सञ्चालनमा ल्याएको छ । स्थानीय तहको संरचनापछि यस गाउँपालिकामा अन्य विकासका गतिविधिसँगै स्वास्थ्य क्षेत्रमा पनि उल्लेख्य सुधार हुँदै आएको हो । हाल यहाँका हरेक नागरिक आधारभुत स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । कर्णाली प्रदेशकै एक नमुनाका रुपमा परिचित यस गाउँपालिकाले दैलेखको रानिमत्तामा दुईवटा अस्पताल संचालनमा ल्याएको हो ।
गुराँस गाउँपालिकाले यसअघि पनि कोभिडको समयमा दैलेख लगाएत कर्णाली प्रदेशका विभिन्न जिल्लाका नागरिकहरुलाई रानिमत्ता जिल्लाको सिमानामा स्वास्थ्य जाँच र व्यवस्थापन गर्ने गरेको थियो ।
पछिल्लो समयमा कोभिड १९ को डिजिटल प्रविधिबाट रेकर्डको सुरुवात गर्ने देशकै एकमात्र गाउँपालिकाको रुपमा स्थापित भएको छ । अहिले गाउँपालिको केन्द्र रानिमत्तामा रहेको अस्पतालबाट विशेषज्ञ सहितको सेवा प्रदान गरिरहेको छ भने गतवर्ष असार २४ गते सिलान्यास गरिएको अर्को अस्पताल भवनको काम तीव्र गतिमा भइरहेको गाउँपालिकाले जानकारी दिएको छ ।
विगतमा गुराँसको १, २ र ८ मा स्वास्थ्य सँस्था नभएको र स्थानियहरु समस्यामा भएको भन्दै यस अघि नै ती वडाहरुमा स्वास्थ्य सँस्था स्थापना गरेर सेवा प्रदान गरिरहेको गाउँपालिका अध्यक्ष खेमराज वलिले बताएका छन् । अध्यक्षका अनुसार गाउँपालिकाले ४ नम्बर रतिखोलामा २२ करोडको लागतमा ठुलो अस्पताल निर्माणको कामलाई तिव्रताको साथ अघि बढाएको र यो वर्ष नै त्यहाँबाट अत्यावसकिय सेवा सहित सेवा प्रदान गर्न लागिएको छ ।