Loading... आजः २०८१, २० बैशाख बिहीबार

दैलेखमा एकीकृत समाजवादीको जिल्ला भेला, पत्रकारलाई प्रवेश निशेध

दैलेख ः निर्वाचन आयोगमा दर्ता प्रक्रियामै रहेको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीले शविबार दैलेखमा भेला आयोजना गरेको छ । जिल्लाको संघीय निर्वाचन क्षेत्र नम्बर २ का दुई पालिकाका अध्यक्ष र उपाध्यक्षसमेत भेलामा सहभागी भएका छन् । आफू पार्टी एकताको पक्षमा रहेको बताउँदै आएका दैलेख भगवतीमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापा सो भेलामा सहभागी भएका हुन् । उनीसँगै महावु गाउँपालिकाका अध्यक्ष जंगबहादुर शाही, उपाध्यक्ष प्रेमकुमारी बुढा, नारायण नगरपालिकाका उपप्रमुख सावित्री मल्ल पनि भेलामा उपस्थित भएका थिए ।
दैलेखको निर्वाचन क्षेत्र नम्बर २ बाट भने एक उपाध्यक्ष र एक उपप्रमुख मात्रै भेलामा सहभागी भए । चामुण्डा विन्द्रासैनी नगरपालिकाका उपप्रमुख ताराकुमारी शाही र ठाँटीकाँध गाउँपालिकाका उपाध्यक्ष सुस्मिता सिंह उक्त भेलामा सहभागी भएका हुन् । भेलामा पत्रकारलाई भने प्रवेश गर्न दिइएको थिएन ।नेपाल प्रेसबाट