Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

दैलेखमा स्वास्थ्य बिमा गर्नेको संख्या १० हजार मात्र

दैलेख ः दैलेखमा १० हजारले मात्र स्वास्थ्य विमा गरेका छन् ११ वटा स्थानिय तह भएको दैलेखमा १० हजार ३ सय ५० जनाले मात्र बिमा गरेका हुन दैलेखको जनसंस्यालाई हेर्ने हो भने यो संख्या धेरै कम छ सरकारले लागु गरेको स्वास्थ्य बीमाबाट उपचार खर्चमा छुट हुन थालेपछि नागरिकको आकर्षण बढ्न थाले पनि २ बर्षको अवधिमा १० हजार ३ सय ५० जनाले मात्र विमा गरेको भटिएको छ । बिमाको बारेमा प्रचार प्रसार नहुदाँ बिमा ागर्नेको संख्यामा बृद्धि हुन सकेको छैन् । कर्णालीका दुइ लाख ५८ हजारभन्दा धेरै नागरिकले स्वास्थ्य बिमा गरेका छन । अहिलेसम्म प्रदेशभर दुई लाख ५८ हजार ९ सय १३ जनाले बिमा गरि सकेका छन । नागरिकहरुको समग्र स्वास्थ्य स्थितिमा सुधार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच पुर्याउने सरकारको उद्देश्य छ ।
आर्थिक वर्ष २०७४ असार १ गते जुम्लाबाट स्वास्थ्य बीमा कार्यक्रमको शुरुवात गरेको थियो । हाल कर्णाली प्रदेशका सबै जिल्लामा यो कार्यक्रम लागु भएको स्वास्थ्य बीमा वोर्ड कर्णाली प्रदेशका संयोजक अजुर्न पण्डितले जानकारी दिए । उनका अनूसार कर्णालीमा भौगोलिक रुपमले कठिन भएपनि बिमा प्रति नागरिकको आकर्षण बढ्दै गएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा एक लाख एक हजार नौ सय ५२ जना र २०७५र÷०७६ मा एक लाख ५९ हजार सात सय ९० जनाले स्वास्थ्य बीमा गरेका थिए । भने २०७६÷०७७ मा ६३ हजार दुई सय ८७ घर परिवार स्वास्थ्य विमा कार्यक्रममा आबद्ध भएको छन् । स्वास्थ्य बिमा गर्नेमा सबै भन्दा धेरै जुम्लाका ५२ हजार ७ सय २३ जान, सुर्खेतका ५१ हजार ४ सय २७ जना, दैलेखका १० हजार ३ सय ५० जनाले स्वास्थ्य बिमा गरेका छन ।
यस्तै, डोल्पाका २ हजार एक सय ९० जना, हुम्लाका ७ हजार ३ सय २५ जना, जाजरकोटका ४० हजार एक सय ३४ जना नागरिकले स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन् । कालिकोटमा ३६ हजार ८ सय ६ जना, मुगुमा ४ हजार दुई सय २९ जना, रुकुम पश्चिममा ५५ हजार २७ जना, र सल्यानका ५ हजार ३ सय ८५ जना नागरिकले स्वास्थ्य विमा जोडिएका हुन । विमित गरेका नागरिकहरुलाई सेवा सबै जिल्लाका विभिन्न स्थानका २० स्वास्थ्य संस्थाहरुलेसेवा प्रदान गर्दै आएको पण्डितले बताए ।
कर्णालीका स्वास्थ्य संस्थाले सेवा दिन नसक्नु, बीमा कार्यक्रम अन्र्तगत तोकिएका स्वास्थ्य संस्थामा औषधि उपलब्ध नहुनु लगायतमा नागरिकको गुनासो समेत रहेको भन्दै प्रदेश सरकारले भने विमा राष्ट्रिय विमा कम्पनिले निर्धारण गरेका विधि र प्रक्रिया पुरा गर्नु पर्ने भएकोले केही समस्या भएको जनाएको छ ।