माओबादी केन्द्र दैलेखको ईन्चार्जमा–बस्नेत
दैलेखः नेकपा माओवादी केन्द्र दैलेखको जिल्ला समन्वय समितिको ईन्चार्जमा कर्ण बस्नेत मनोनित भएका छन् ।
२०७८ भदौ ५ र ६ गते बसेको पार्टीको स्थायी समितिको बैठकले पार्टीको आन्तरिक संगठन निर्माण गर्नको लागि जिल्लादेखि प्रदेश र केन्द्रीय विभागमा पदाधिकारीहरुको जिम्मेवारी टुंग्याउने क्रममा दैलेखका बौद्धिक शालिक ब्यक्तिको छबि बनायका बस्नेतलाई जिल्ला ईन्चार्जको जिम्मेवारि दिईएको हो ।
लामो छलफल र विवादका बीच नेकपा (माओवादी) केन्द्रले केन्द्रिय बिभाग, प्रदेशका इन्चार्ज, अध्यक्ष र जिल्ला पदाधिकारी टुङ्ग्याएको हो । केन्द्रीय समिति बैठकबाट नै प्रदेश इन्चार्ज र अध्यक्ष टुङ्ग्याउने आवाज उठे पनि माओवादी केन्द्रले बैठक लम्बिने भन्दै भदौ ५ र ६ गते बसेको स्थायी समितिको बैठकले संगठनात्मक कार्यविभाजन गरेको हो ।
जसमा केन्द्रीय प्रशिक्षण विभागको इन्चार्ज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेका छन् भने नारायणकाजी श्रेष्ठलाई प्रवास समिति इन्चार्जको जिम्मेवारी दिइएको छ । आर्थिक विभागको जिम्मेवारि पुर्व अर्थ तथा उर्जा मन्त्री वर्षमान पुन अनन्तले पाएका छन् । त्यसैगरी संगठन विभागको इन्चार्जको जिम्मेवारी अर्थमन्त्री समेत रहेका जनार्दन शर्माले पाएका छन् भने प्रचार विभागको जिम्मेवारी पुर्व सभामुख कृष्णबहादुर महराले पाएका छन् ।








