Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

स्वास्थ्य मापदण्ड पालन गर्दैनन् कार्यालयहरु

दैलेखः जिल्लामा सरकारी तथा निजि क्षेत्रमा सेवा प्रवाह गरिरहेका कार्यालयहरूले समेत स्वास्थ्य मापदण्ड पालन नगरेको पाइएको छ । बिश्वब्यापी महामारिको रूपमा फैलिएको कोरोना भाईरसबाट सुरक्षित रहन अपनाउन पर्ने सामान्य स्वास्थ्यको मापदण्ड समेत पालना नगरेको भेटिएको छ ।

सार्वजनिक तथा निजि क्षेत्रले सेवा प्रवाह गर्ने क्रममा न्युनतम स्वास्थ्यका मापदण्ड पुरा गर्न स्थानिय प्रशासनले आदेश जारी गरेतापनि जिल्लाका अधिकाश सरकारि कार्यालयहरू, सस्थानहरू, बैक तथा बित्तिय सस्थाहरू जुन जनतासङग प्रत्यक्ष सरोकार राख्ने निकायले न्युनतम ख्याल राख्ने स्वास्थ्यका मापदण्डहरू पालना नगरेसङगै जिल्लामा कोरोना भाईरस फैलिने सम्भावना उत्तिकै छ । न्युनतम साबुन पानीले हात धुने र सेनिटाईटरको प्रयोग गरेका समेत पाईदैन ।

बिशेष गगरी सार्वजनिक तथा बित्तिय सस्थाहरूमा जहा सेवा प्रवाहको चाप अलि बढि हुन्छ, तेस्तो ठाउमा झनै स्वास्थ्य मापदण्ड नअपनायको भेटिन्छ । कोभिड रोकथाम तथा नियन्त्रणको जिम्मा पाएको स्थानिय प्रशाशनमा समेत हात धुने पानीको शिवाय न सेनिटाईजर न त सामाजिक दुरिनै, कायम गरेको देखिन्छ, स्थानिय प्रशासनमा त हात धुने पानीको ब्यबस्था त छ तर अधिकास सरकारी कार्यालयहरूमा हात धुने पानीको समेत ब्यबस्था गरेको पाईदैन ।
जिल्ला सदरमुकाम लगायतका आसपासका बजार क्षेत्रहरूका पसलहरूमा हात धुने पानी र सेनिटाईटजरको ब्यबस्था गर्न उर्दि जारी गर्ने प्रहरी समेत सार्वजनिक कार्यालयहरूमा नजर नपर्ने बताउछन स्थानिय ब्याबसायि प्रकाश पौडेल ।

बैक तथा बित्तिय सस्थाहरूमा ठेलमठेल मान्छेहरू, सार्वजनिक कार्यालयहरूमा सेवाग्राहिको चाप, न्युनतम स्वास्थ्यको मापदण्ड समेत ख्याल गरेका छैनन् ।