Loading... आजः २०८२, २२ फाल्गुन शुक्रबार

पहिरोका कारण कर्णाली राजमार्ग अवरुद्ध

अविरल वर्षाका कारण आएको पहिरोले कर्णाली प्रदेशका विभिन्न राजमार्ग अवरुद्ध भएको छ । प्रदेशस्थित सुर्खेत–नेपालगञ्ज सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न ठाउँमा पहिरो गएको छ ।

सुर्खेत-नेपालगञ्ज सडकस्थित हर्रेमा पहिरोका कारण अवरुद्ध सडक एकतर्फी रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ ।

दैलेखको दुल्लु नगरपालिका–२ सुवाछेडा र गुराँस गाउँपालिका–१ मैन खोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध बनेको छ । प्रहरीका अनुसार राजमार्ग खुलाउने प्रयास भइरहेको छ ।