Loading... आजः २०८२, ३ जेष्ठ शुक्रबार

ज्ञानेन्द्र र ओली गए तर, कुर्सीको खेल जारी छ : डा. बाबुराम भट्टराई

काठमाडौँ – जनता समाजवादीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक शक्तिको खोजी जारी रहेको बताएका छन् । सोमबार बिहानै सामाजिक सञ्‍जालमार्फत ज्ञानेन्द्र  र ओली गए पनि कुर्सीको खेल जारी रहेको भन्‍दै वैकल्पिक शक्तिको खोजी पनि जारी रहेको प्रतिक्रिया दिएका हुन् ।

‘ज्ञानेन्द्र गए, ओली गए तर कुर्सीको खेल जारी छ ! भारत, खाडी पस्ने युवाहरूको लर्को जारी छ ! कमिसनखोरको खेलो जारी छ !’ नले भनेका छन्, ‘छिमेकीको हैकम जारी छ ! जयसिंह धामीको वेपत्ता जारी छ ! छाउपडी जारी छ ! छोइछिटो जारी छ ! मधेसी, थारू, जनजातिको पहिचानको खोजी जारी छ ! श्रमिकको चुलो खाली छ ! अत: वैकल्पिक शक्तिको खोजी जारी छ !’