लक्ष्मण सम्मानीत
दैलेख । दैलेखका श्रष्टा लक्ष्मण नेपालीलाई सम्मान गरिएको छ । ७ दशकदेखि बर्षेमेला अर्थात श्रीकृष्ण जन्माष्टमीमा बाँसुरी र तम्मर बजाउँदै आएका उनलाई न्यू ज्वाला क्लवले ‘लाइफ टाइम अचिभमेन्ट‘ अवार्डबाट सम्मान गरेको हो।
सोमवार स्थानीय लोकतान्त्रीक चोकमा आयोजित विशेष समारोहमा लक्ष्मणले पु¥याएको योगदानको कदर गर्दै क्लबले ११ हजार एक सय ११ रुपैयाँ सहित सम्मानपत्र प्रदान गरेको हो ।
प्रतिनिधि सभा रविन्द्रराज शर्मा नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काले दोसल्ला ओडाई सम्मान पत्र र रकम प्रदान गरेका थिए ।कला संस्कृति सम्र्बद्धन तथा प्रर्वद्धन मात्र नभई पुस्तान्तरणमा समेत योगदान पु¥याएकोले सम्मान गरिएको क्लवका अध्यक्ष विशाल सुनारले जानकारी दिए ।
सम्मान समारोहमा प्रतिनीधि सभा सदस्य रविन्द्रराज शर्माले जीवनभर जिल्लाको सामाजिक र सांस्कृतिक परम्पराहरुलाई धान्न अनवरत खटिएको भन्दै लक्ष्मणको प्रसंशा गरे । विस २००१ माघ १६ गते नारायण नगरपालिका–१ पुरानो बजारस्थित गोलबजारमा जन्मिएका लक्षमण बाल्यकालदेखि नै बाँसुरी र तम्मर बजाउने उद्भुत कलाकै कारण हरेक बर्षको बर्षेमेलामा केन्द्रमै रहिरहेका छन्।