Loading... आजः २०८३, ४ बैशाख शुक्रबार

महेश बस्नेतलाई देउवाको चुनौती, पहिला दुर्लभ थापालाई पराजित गरेर देखाउनुस्

काठमाडौं- नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले महेश बस्नेतलाई चुनौती दिँदै पहिला कांग्रेस भक्तपुरका सभापति दुर्लभ थापालाई हराएर देखाउन चेतावनी दिएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ को वडा अधिवेशनलाई उद्घाटन गर्दै सभापति देउवाले बस्नेतलाई उक्त चुनौती दिएका हुन्। बस्नेतले केही साताअघि भक्तपुरमा देउवा नै चुनाव लड्न आए पनि आफूले सजिलै पराजित गर्ने बताएका थिए।

त्यसको जवाफ दिँदै देउवाले बस्नेतलाई पहिले कांग्रेस नेता थापालाई पराजित गर्न सुझाएका छन्। ‘बस्नेतजी पहिले यहाँका सभापति दुर्लभ थापालाई पराजित गरेर हेर्नुहोला, अनि मसँग लड्न आउनुहोला’, देउवाले भने।

समाचार