दशकपछि अमेरिकाबाट नासाले पहिलो मानव मिसन पठाउँदै

नासाले झन्डै १० बर्षपछि अमेरिकी भूमिबाट पहिलो मानव अभियान सुरु गर्ने घोषणा गरेको छ।
मे २७ मा फ्लोरिडाको केनेडी स्पेस सेन्टरबाट दुई अन्तरिक्ष यात्रीसहित रकेट र अन्तरिक्ष यानले अन्तराष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस)मा उडान भर्नेछ।
रकेट र अन्तरिक्ष यानलाई नीजि कम्पनी ‘स्पेसएक्स’ले बनाएको हो।
सन२०११ मा नासाको स्पेस शटल सेवानिवृत्त भएदेखि उसले मानव उडानका लागि रूसी रकेट प्रयोग गर्दै आइरहेको थियो।
यो अभियान सफल भएमा अरबपति उद्यमी एलोन मस्कको नेतृत्वमा रहेको स्पेसएक्स नासा अन्तरिक्ष यात्रीहरूलाई अन्तरिक्षमा पठाउन सफल पहिलो निजी कम्पनी हुनेछ।
फाल्कन नाइन रकेट र क्रु ड्र्यागन स्पेसक्राफ्टले स्पेस केन्द्रको ऐतिहासिक प्याड ३९ए बाट उडान लिनेछन्।
यही स्पेसक्राफ्ट अपोलो र शटल मिशनहरूको लागि प्रयोग गरिएको थियो।
यसमा बब बेहनकेन र डग हर्लीले अन्तरिक्ष यात्रा गर्नेछन्। उनीहरुलाई आइएसएस पुग्न लगभग २४ घण्टा लाग्छ ।एजेन्सीकाे सहयाेगमा







