Loading... आजः २०८२, ७ माघ मंगलवार

दैलेखमा कार्य सम्पादन खस्कदो

दैलेख ः दैलेख जिल्लाको कार्य सम्पादन खस्किदै गएको भेटिएको छ । गृह मन्त्रालयको बार्षिक कार्य सम्पादन मुल्याङ्कणमा जिल्ला प्रशासन कार्यालय दैलेख अन्तीममा छ । गृह सचिब र प्रमुख जिल्ला अधिकारी बीच गरिएको करार बार्षिक सम्झौता अनुसार दैलेख अन्तिम स्थानमा परेको छ ।
आव. २०७७÷०७८ मा गृह सचिब र प्रमुख जिल्ला अधिकारी बीच गरिएको करार बार्षिक सम्झौता अनुसार कार्य सम्पादन मुल्याङ्कण गरिएको थियो । मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखाबाट गरिएको मुल्याङ्कण अनुसार दैलेख सबै भन्दा पछाडी परेको हो ।
शान्ति सुरक्षा तथा अपराध नियन्त्रण, सुशासन तथा सेवा प्रवाह, लागु औषध नियन्त्रण, विपद जोखिम न्युनिकरण तथा व्यवस्थापन, विकास निर्माण अनुगमन समन्वय तथा सदाचार र आर्थिक अनुशासन गरी ६ वटा बिषयगत क्षेत्रमा गृहले मुल्याङ्कन गरेको थियो । जिल्लामा कार्य सम्पादन बमोजिम कार्य नभएकोले दैलेख पछाडि परेको छ । गृह मन्त्रालयको २३ गतेको सुचना अनुसार जानकारी अनुसार गृह मन्त्रालयको नीति, योजना अनुगमन तथा मुल्याङ्कण महाशाखाले झाँपा, अर्घाखाँची र रुकुम पूर्व गरी ३ वटा जिल्ला प्रशासन कार्यालयलाई अति उत्कृष्टमा राखेर छ ।
यस्तै गृहले जाजरकोट, हुम्ला, कालिकोट, चितवन, पर्वत, संखुवासभा, गोरखा, ललितपुर, रुकुम पश्चिम, गुल्मी, स्याङजा, सोलुखुम्बु, लमजुङ र बागलुङ गरी १४ वटा जिल्ला लाई उत्कृष्ट दोस्रो स्थानमा राखेको छ । त्यसैगरी सुर्खेत, रौतहट, धनकुटा, सिन्धुली, मकावानपूर, रामेछाप, तनहुँ, भोजपुर, खोटाङ्क, नुवाकोट, इलाम, रसुवा, ईलाम, जुम्ला, मनाङ, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र उदयपुर गरी १८ वटा जिल्ला तेस्रो स्थानमा रहेका छन । सल्यान, सुनसरी, म्याग्दी, प्युठान, बारा, कास्की, दाङ्ग, दार्चुला, सिराह, महोत्तरी, रुपन्देही, रोल्पा, मुगु, अछाम, बझाङ, मुस्ताङ, बैतडी, नवलपरासी (सुस्ता पूर्व), धनुषा, भक्तपुर र धादिङ गरी २१ वटा जिल्लाका जिल्ला चौथो स्थान हासिल गरेका छन् ।
त्यसैगरी पाल्पा, दोलखा, कञ्चनपुर, बर्दिया, सिन्धुपाल्चोक, कैलाली, डोटी, सप्तरी, बाँके, काठमाडौं, नवलपरासी (सुस्ता पश्चिम), कपिलबस्तु, पर्सा, काभ्रेपलान्चोक, मोरङ, बाजुरा, दैलेख, डडेलधुरा, डोल्पा, तेह्रथुम र सर्लाही गरी २१ वटा जिल्ला कार्य सम्पादन मुल्याङ्कणमा न्युन भएर पाँचौ स्थान राखेको छ ।