बाहिरबाट आएकालाई राख्न समस्या

कृष्णप्रसाद अधिकारी
दैलेख ः दैलेख जिल्लामा अहिले बाहिरी मुलुकबाट आउँने नागरिकलाई राख्न समस्या भएको छ ।
कोरोना भाइरसको महाँमारी बाट विश्वनै आक्रान्त रहेको बेला नेपालमा समेत यसको गहिरो प्रभाव परेको छ । यस्तो अवस्थामा नेपालबाट अन्य मुलुकमा काम गर्नकै लागि जाने नेपाली नागरिकहरु कोरोनाको श्रासले आफ्नै गाउँमा फर्कने गरेपछी सहर भन्दा गाउँमा कोरोनाको महामारी फैलिने कुरालाइ मध्यनजर गर्दै ।
विविन्न स्थानिय तहहरुले बाहिरबाट आउँने नागरिकलाई १४ दिन सम्म क्यारेन्टिनमा राख्ने ब्यवस्था मिलाउनको लागि क्वारेन्टिन बनाए पनि विदेश बाट आउँने नागरिकहरु धेरै भएकोले उनिहरुलाइ राख्न समस्या भएको हो ।
यस जिल्लाबाट विदेशमा गएका नागरिकहरु घरमा आउने क्रम दिन प्रतिदिन बढि रहँदा गाउँका क्यारेन्टिन भरिएका छन् । उनिहरुलाइ १४ दिन राख्ने ब्यवस्था भए पनि उनिहरुको स्वाव संकलनको लागि स्वास्थ्य सेवा कार्यलाय दैलेखको टोलीनै जानुपर्ने भएकाले उनिहरुलााइ कहिले सम्मा राख्ने भन्ने अन्योल विभिन्न स्थिानिय तहमा छ ।
दैलेख जिल्लमा मात्रै विहिबार आठ सय ६३ जना भित्रिएका छन् । उनिहरु सबैलाइ ब्यवस्थापन गर्ने समस्या भएको छ । दैलेख जिल्लामा बाहिरबाट आउँने नागरिक धेरै भएकाले समेत कोरोनाको उच्च जोखिम छ ।
जिल्लामा ८७३ जनाको आरडिटी परिक्षण भएको र १ जनामा कोरोनाको पुष्टी समेत भइसकेको स्वास्थ्य सेवा कार्यलय दैलेखले जनाएको छ ।
आम नागरिक त्रासमा भएको समयमा विहिबार मात्रै दुल्लु नगरपालिकामा ७९ जना आएको ले उनिहरुलाई राख्न समस्या भएको दुल्लु नगरपालिकाका मयेर घनश्याम भण्डारीले बताए । उनले भने दुल्लू नगरपालिकामा मात्रै दश हजार नागरिक भित्रिने अनुमान गरिएको छ । तिनिहरुलाइ कसरी कहाँ राख्ने भन्न्ने बारेमा केही टुङ्गो छैन ।
भगवतीमाई गाउँपालिकामा ८ जना क्यारेन्टिनमा रेहको बताउदै गाउँपालिका अध्यक्ष दान बहादुर थापाले गाउँपालिकाको तथ्याङ्क हेर्दा करिब २५ सय नागरिक बाहिर बाट आउने भएकोले समस्या पर्ने देखिएको बताए ।
विहीबार मात्रै चामुण्डाविन्द्रासैनी नगरपालिकामा १७ जना, भैरवी गाउँपालिकामा एक सय २१ जना, दुल्लू नगरपालिकामा ७९ जना, गुराँस गाउँपालिकामा २६ जना, आठविस नगरपालिकामा २ जना डुङ्गेश्वर गाउँपालिकामा ३८ जना, नौमूले गाउँपालिकामा ६३ जना, महाबु गाउँपालिकामा ३०५ जना, नारायण नगरपालिकामा २०६ जना र भगवतीमाई गाउँपालिकामा ६ जना भित्रिएका छन् ।
भारत बाट आएका नागरिक दुई दिन सम्मा सिमामा बसेर नेपाल सरकार संग गुहार माग्दै विहीबार मात्र गाउँ आउँन पाएका नागरिक भोक प्यास निद्रा समेत नभनी गाउँ पगे, गाउँ पुग्दा खुसि देखिन्थे । कति दिन देखि भोकै रहेका नागरिकलाई लाइन्स क्लब अफ दैलेखले बाटोमै खान खुआएको छ ।




