Loading... आजः २०७८, ८ कार्तिक सोमबार

‘चिना टिप्पन’ मा तेरिया मगर, छायांकनको तयारी

काठमाडौं : ‘चिना टिप्पन’बोलको गीतमा तेरिया मगरले अभिनय गर्ने भएकी छन्। पहिलो पटक म्यूजिक भिडियोमा डेब्यू गर्दै गरेका निर्माताद्वय दिनेश दर्शनधारी तथा यशोदा राईका पुत्र देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेसँग तेरिया मगरले अभिनय गर्न लागेकी हुन्।

भारतीय रियालिटी शो झलक दिखला जा सिजन—९ र डिआइडी लिटल च्याम्स विजेता नेपालकी तेरिया अभिनित म्यूजिक भिडियोको छायांकन केहि दिनमा सुरु हुने निर्देशक दिनेश सापकोटाले बताए। तेरियाको व्यस्तताले केहि दिनमा काठमाडौंमा आउने तयारी भएको निर्देशन सापकोटाको भनाई छ। गीतको भिडियोको छायांकन काठमाडौंका विभिन्न स्थानमा गरिने निर्देशक सापकोटाले जानकारी दिए।

गायक विश्व नेपाली र गायिका अस्मिता परियारको स्वरमा रहेको ‘चिना टिप्पन’बोलको गीतमा तेरियासँगै नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले पनि अभिनय गर्ने छिन्। भिडियोमा साम्राज्ञी र तेरियासँग देल्बिस दर्शनधारी र राज रोहन तुम्बाहाम्फेको जोडी देखिनेछ। डिपी खनालको शब्द, शंकर थापा स्माइलको संगीतमा रहेको गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका छन्।

ट्री मिडियाको प्रस्तुति रहेको म्युजिक भिडियोको लागत उच्च रहेको निर्माण पक्षले जनाएको छ। कोरोना भाइरस संक्रमणले थलिएको यस क्षेत्रको विकासका लागि कलाकार र निर्माण टिमका लागि केहि फरक गरेको निर्माण पक्षको दावी छ।