संविधान दिवसको अवसरमा सरसफाई
दैलेख ः जिल्लाको दुल्लु नगरपालिकाले सातौं संविधान दिवसको अवसर पारेर सरसफाई अभियान सम्पन्न गरेको छ ।
आइतबार नगरपालिका परिसरमा सरसफाई गरी कार्यक्रमको सुरुवात गरिएको थियो भने नेपाली भाषाको उद्गम स्थल मानिने दुल्लु नगरपालिका वडा नम्बर ७ स्थित कृतिस्तम्भ सरसफाई गरी कार्यक्रमको समापन गरिएको थियो ।
सरसफाई कार्यक्रममा नेपाल प्रहरी, नेपाली सेना, जनप्रतिनिधि, नगर कर्मचारी, दुल्लू अस्पतालका कर्मचारीहरु, लाईन्स क्लव अफ दुल्लु, युवा क्लव तथा अन्य नगरवासीहरुको सहभागितामा गरिएको कार्यक्रमको सुरुवातमा दुल्लु नगरपरिषद सरसफाइ गरेको हो । नगरपालिका क्षेत्र भित्र फोहोर, जथाभावी फालिएका कागजपत्र, पानीका बोतलहरु, अव्यवस्थित तारबारहरु उठाई ब्यवस्थित रुपमा नस्ट गरिएको दुल्लू नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष लाल बहादुर रावतले जानकारी दिए ।
दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र जंग शाहीले संविधान दिवसको शुभकामना दिँदै आगामी दिनमा पनि यस्ता सरसफाइका अभियानहरु सञ्चालन बताए उनका अनुसार यसरी सरसफाइ एकदिनमात्र गरेर नहुने एकजनाले मात्रै गरेर नहुने भन्दै हामी सबै जना आफ्नो घर टोल र यस्ता सार्वजनिक स्थलहरु सरसफाइ गर्नमा अग्रसर हुनुपर्ने धारण राखे ।
उक्त कार्यक्रममा बोल्दै नेपाली सेनाका राजेन्द्र महराले आफू दुल्लुमा भर्खरै आएको र यस्तो अवसरहरु र यस्ता अन्य सामाजिक काममा नेपाली सेनाको सहभागिता रहने, यस्ता कार्यक्रमहरु नगरपालिका, विभिन्न संघसंस्था, युवा क्लब लगायतले आयोजना गर्नुपर्ने यस्ता कार्यक्रमहरुमा सबैले साथ दिनुपर्ने आग्रह गरे ।
