शिक्षकहरू आन्दोलित हुदाँ विद्यार्थी दिवा खाजा खान बन्चित
दैलेखः जिल्लाको एक विद्यालयमा अध्ययनरत बिधार्थीहरूले विद्यालयका शिक्षकहरू आन्दोलनमा जादा दिवा खाजा खानबाट बन्चित भएका छन् ।
जिल्लाको नारायण नगरपालिका वाड न १० मा रहेको हिमालय माध्यामिक बिद्यालय दैलेखमा रहेका शिक्षक कर्मचारिहरू आन्दोलनमा गएसगै बिद्यालयमा दिवा खाजा बनाउने कर्मचारी नहुँदा, भोकै बस्नु परेको हो ।
बाल बिकासका शिक्षकहरूले राज्यले निर्धारण गरेको तलवमान नारायण नगरपालिकाले दिन नसक्ने बताए पछि नारायण नगरपालिका क्षेत्रभित्रका बाल बिकासका शिक्षक कर्मचारिले उचित सम्मानजनक तलबमानको माग राख्दै नारायण नगरपालिका दैलेखमा धर्ना एवम आन्दोलनका कार्यक्रम राखेसङ्गै विद्यालयमा दिवा खाजा बनाउने कर्मचारी नभएपछि बिद्यार्थीहरूले आफुले खाने खाजा राख्ने भाडाहरू प्रदर्शन गरी सामुहिक रूपले आफु दिनभर भोकै रहेको जनाउ दिए ।
शिक्षक कर्मचारीहरूको विविध आन्दोलनका कार्यक्रमले विद्यालयको पठनपाठनमा समेत प्रत्यक्ष असर त परेको छ, साथमा बिद्यार्थीहरू भोक–भोकै बस्नु पर्ने स्थिति सृजना भएको छ । विद्यालयमा शिक्षक कर्मचारिहरू नगरपालिकामा आन्दोलनका क्रममा रहेको हुँदा, दिवा खाजा पकाउनमा समस्या आएको विद्यालयका शिक्षक कवि थापाले बताए ।