सेवा प्रभाहलाई प्रभावकारी बनाउन सरोकारवालाको निगरानी जरूरी
दैलेख ः दैलेख जिल्लाको सेवा प्रवाहलाई प्रभावकारी र स्तरीय बनाउन सरोकारवालाले निगरानी राख्ने भएका छन् ।
जिल्लाका राजनितिक दल, पत्रकार, स्थानीय नागरिक समाजले कृषि स्वास्थ ,शिक्षा विपद्का क्षेत्रमा हुने गतिविधि माथि निगरानी राख्न थालेका हुन । विहीबार नारायण नगरपालिकामा सुन्दर नेपाल संस्था पारस्परिक जवाफदेहीता परियोजनाले दैलेखको आयोजना भएका एक कार्यक्रमका सहभागिहरुले कृषि, शिक्षा विपद र स्वस्थ्य संगै स्थानिहतहबाट हुने सेवा प्रभाहका गतिविधिबारे निगरानी राख्ने कुरामा छलफल गरेका छन ्।
छलफलका क्रममा बोल्दै गैरसरकारी संस्था महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले कृषि, शिक्षा, स्वास्थ्य क्षेत्रमा प्रयाप्त जनशक्ति अभाव भएको र सेवा प्रभावकारी नदेखिएको गुनासो बढुदै गएकोबारे क्षलफलमा सहभागिहरुलाई प्रस्ट पारे । उनले भने– देश संघियतामा जानुभन्दा पहिले जिल्लामा धेरै क्रियाशिलभएका संघ संस्था तथा सरकारी कार्यालय अहिलेको अवस्थामा दिएको सेवा प्रभाहमा धेरै कमि आएको छ । कतै दक्ष जनशक्तिको अभाव, कतै राजनितिक हस्तक्षेपले सेवा प्रभाह राम्रो हुन सकेको छैन् , सराेकारवालाले निगरानी राख्न जरूरी छ ।
शिक्षकको क्षमता विकास तथा प्रारम्भिक बाल शिक्षा कार्यक्रमको दिगो तथा गुणात्मक विकासका लागि स्थानीय स्तरमा सहकार्य गरेर अगाडी बढ्न आग्रह गर्दै शिक्षा क्षेत्र ,स्वास्थ क्षेत्रमा धेरै समस्याको हुने भएकोले सुधार गर्न जरुरी देखिएको खत्रिको भनाइ छ । यस्तै शिक्षक कृष्ण थापाले नागरिक सेवा निगरानीका लागि नागरिक समाज संग समन्वयात्मक छलफल कार्यक्रममा स्वास्थ क्षेत्र, शिक्षा क्षेत्रमा कार्यालयबाट हुने सेवा प्रवाहमा प्रभावकारिताका र पारस्परिक हुनुपर्ने, सबैले आफ्नो ठाउँबाट निगरानी गरिरहेको जानकारी दिए ।
शिक्षा स्वास्थ्य क्षेत्रमा भएको समस्या लागि हामीले पटकपटक सम्बन्धित निकाय, स्थानीय सरकारलाई जानकारी दिएको भएपनि सुनुवाइ नभएको थापाले गुनासो गरे । कार्यक्रममा समाजसेवि, पत्रकार, नागरिक समाज संघ संस्थाका प्रतिनिधिहरु लगाएतले सुझाव दिएका थिए ।








