Loading... आजः २०७८, ११ कार्तिक बिहीबार

नेमकिपाको जम्बुकाँधमा प्रदर्शन

दैलेख ः दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिककामा एमसीसी खारेजीको माग राख्दै प्रदेर्शन गरिएको छ ।
नेपाल मजदुर किसान पार्टीले शुक्रबार चामुण्डा–विन्द्रासैनी नगर पालिकाको जम्मुकाँध बजारमा जुलुस प्रदर्शन तथा सभाको आयोजना गरेको हो । पार्टीको नगर सम्मेलको सिलसिलामा आयोजित कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती भन्दै त्यसको खारेजीको माग गरिएको थियो ।

पार्टी नगर समितिको दोस्रो सम्मेलनको उद्घाटन गर्दै नेमकिपा, कर्णाली प्रदेशको संयोजक तथा पार्टी केन्द्रीय सदस्य सरोजराज गोसाईले जन दबाबको कारण एमसीसी सम्झौता पारित नगरिएको तर सम्झौता कुनै पनि बेला पारित गर्न मौका खोजिरहेको बताए ।

उनले एमसीसी पारित गर्ने अमेरिकी साम्राज्यवादका दलालहरूलाई जनताले सझाय दिने भन्दै नेपाली जनता देशको सार्वभौमिकता रक्षाको निम्ति एकजुट हुनुपर्ने धारणा राखेका छन् ।

केन्द्रीय सदस्य गोसाईले शिक्षा र स्वास्थ्य निःशुल्क नगर्ने कुनै पनि पार्टी कम्युनिस्ट हुन नसक्ने भन्दै एमाले, माओवादी वा सरकारमा जाने कुनै पार्टीले नामकै आधारमा धोका दिइरहेको बताए । उनका अनुसार नेमकिपाले समाजमा वैज्ञानकत तथा भौतिकावादी चिन्तनको विकास गर्ने प्रयास गरिरहेको भन्दै कोभिड–१९ नियन्त्रणको नाममा शासकहरूले मैनबत्ती बाल्ने, घण्टी बजाउने, कालो टीका लगाउनेजस्ता अन्धधारणा प्रचार गरेको छन् ।
नेमकिपाका केन्द्रीय सदस्य एवम् दैलेख जिल्ला अध्यक्ष जग्यबहादुर शाहीले गणतन्त्रले पनि जनताको जीवनस्तरमा परिवर्तन नआएको भन्दै समाजवादी गणतन्त्रको निम्ति सङ्घर्ष गर्नुपर्ने विचार राखे, एमसीसीमा सबै शासक दलहरू मुछिएका भन्दै दार्चुलामा नेपाली मारिएर पनि नेपाली शासकहरू विरोध गर्न नसकेको बताएका छन् ।
नेमकिपा पूर्व केन्द्रीय सदस्य एवम् गुराँस गाउँपालिका अध्यक्ष उदयजङ शाहीले उत्पादनका साधन समाजिकीकरण नगर्ने पार्टी कम्युनिस्ट हुननसक्ने भन्दै नेमकिपाले योग्यता विकासमा समान अवसरको निम्ति सङ्घर्ष गरिरहेको विचार राखे । नेमकिपा दैलेखका सचिव लक्ष्मीकुमार विकले एमसीसी सम्झौताको विरोधमा नेमकिपाले गाउँगाउँमा प्रदर्शन गरिरहेको बताएका छन् ।

त्यस्तै नेमकिपाका जिल्ला सदस्य एवम् चामुण्डा विन्द्रासैनी नगरपालिका वडा नं ३ का वडाध्यक्ष निरकबहादुर शाहीले भ्रष्टाचार रोक्ने हो भने नेपाली आफै विकासका काम गर्नसक्ने बताए । आठविस नगरपालिका वडा नं ९ का वडाध्यक्ष धनबहादुर सिजापतिका अनुसार नेमकिपाले शिक्षा र स्वास्थ्यमा जाडे दिएको छ ।

शुक्रबार नेपाल मजदुर किसान पार्टी चामुण्डाविन्द्रासैनी नगर समितिका अध्यक्ष शिवराज जैसीकोे सभापत्त्विमाम कार्यक्रम भएका्े थियो । उक्त कार्यक्रममा पार्टी पूर्व जिल्ला अध्यक्ष पूर्णबहादुर शाही, नेपाल क्रान्तिकारी महिला सङ्घको दैलेख जिल्ला अध्यक्ष धनकुमारी शाही, नेक्राकिसङ्घका जिल्ला अध्यक्ष तिलकप्रसाद आचार्य, नेक्राशिसङ्घ, दैलेखको जिल्ला समिति सदस्य लोकप्रसाद आचार्य, नेमकिपा ठाटिकाँध गाउँपालिका समितिकाक अध्यक्ष मनराज थापा, नेमकिपा चामुण्डाविन्द्रासैनी नगरका उपाध्यक्ष मनबहादुर विकलगायतले मन्तव्य राखेको नेपाल मजदुर किसान पाटी दैलेखले जनाएको छ ।