Loading... आजः २०७८, १० कार्तिक बुधबार

दैलेखमा काँग्रेसको चुनावी परिणामले देउवा पक्ष हावी

दैलेख ः दैलेख जिल्लाका एघार स्थानीय तहमध्ये पाँच वटा पालिकाको नेपाली कांग्रेस १४ औं महाधिवेशनको निर्वाचन परिणाम सार्वजनिक भएको छ । निर्वाचन परिणामले दैलेखमा देउवा पक्ष हावी हुने देखिएको छ ।
देउवा समूहका मनोज थापा नारायण नगरपालिकामा विजयी बनेका छन् । उनले पौडेल समूहका सुवास थापालाई पराजित गरेका हुन । नौमुले गाउँपालिकामा गंगबहादुर शाहीले वाजी मारेका छन् ।

गंगबहादुर शाही, मोतिलाल बस्नेत र कर्णबहादुर खत्रीले सभापतिमा दावी गरेका थिए । चामुण्डाविन्द्रासैनीमा जगतबहादुर शाहीले निर्वाचन आफ्नो पोल्टामा पारेका छन् । उनले पौडेल समूहका जोगी शाहीलाई पराजित गरेका हुन ।

डुंगेश्वर गाउँपालिकामा पनि देउवा पक्षका भीमबहादुर भट्ट विजयी भएका छन् । उनले गंगबहादुर खत्रीलाई परािजित गरेर सभापतीमा विजयी भएका हुन्
यस्तै दुल्लु नगरपालिकामा देउवा पक्षकै लालबहादुर रावत सभापति भएका छन् । यहाँबाट जिल्ला सभापतिमा दावेदारका रुपमा हेरिएका घनश्याम भण्डारी चुनाव लडने भएका कारण यहाँ सहमतिमै नेतृत्व चयन भएको हो ।

यद्यपी आधिकारिक रुपमा घोषणा हुन भने बाँकी रहेको दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।
दैलेखका वाँकी स्थानीय तहमा सर्वसम्मत नेतृत्वको पहल भइरहेको कांग्रेस दैलेख स्रोतले दैलेखले जनाएको छ ।