Loading... आजः २०७८, ११ मंसिर शनिबार

हुम्लामा पहिरोले घर बगाउँदा एकै परिवारका ६ जना बेपत्ता

मुगु : पहिरोले घर बगाउँदा हुम्लाको खार्पुनाथ गाउँपालिका- ५ खर्पेल गाउँका धनवीरे शाहीको परिवारका ६ जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा ६५ वर्षीय धनवीरे, ५५ वर्षीय कलबहादुर, ३० वर्षीया धोक्ची, १० वर्षीय अलिन्द, ६ वर्षीय हुमेश र दुई वर्षीय एक बालक रहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हेरम्ब शर्माले जानकारी दिए ।

गाउँमा पहिरोको जोखिम बढेपछि स्थानीय माडुमा आश्रय लिएको स्थानीय प्रकाशबहादुर शाहीले जानकारी दिए।