Loading... आजः २०८१, २४ भाद्र सोमबार

रामाघाट बस्ती डुवानमा

दैलेखको रामाघाट खोला किनारको बस्ती डुवानमा परेको छ । लगातारको बर्षाका कारण कर्णाली नदीको बहाब बढेसँगै बस्ती डुवानमा परेको हो । रामाघाट खोला किनारमा रहेका झण्डै १५ घर डुवानमा परेको स्थानीयले बताए ।

कर्णाली नदीमा पानीको सतह उच्च भएसँगै नदिको पानी बस्तीमा पसेको छ । बस्ती नै डुवानमा परेपछि स्थानीय नागरिकहरु बिचल्लीमा परेको स्थानीय नैनबहादुर शाहीले जानकारी दिए । बस्ती नै डुवानमा परे पनि तीनै तहका सरकार र सरोकारवाला निकायहरुले कुनै पनि चासो नदेखाएको आरोप लगाए।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले रामाघाट किनारको बस्तीमा पानी पसेपछि सबैलाई सुरक्षीत स्थानमा सारिएको र मानवीय क्षती नभएको बताएका छन् । उनका अनुसार जिल्लाभर खोलाका किनारमा रहेका बस्तीहरुलाई सुरक्षीत स्थानमा सर्न आग्रह गरिएको छ । लगातारको वर्षाकाकारण कर्णाली राजमार्गको घटेखोला र खिड्कीजिउलामा पहिरो जाँदा राजमार्ग अबरुद्ध भएको  छ ।दैलेख–सुर्खेत सडकखण्डको सियाकोट नजिक पहिरो खस्दा सडक अबरुद्ध भएको डोजर लगाएर पहिरो हटाउने काम सुरु भएको श्रष्ठले जानकारी दिए ।