क्यान्सरले थलिएका थापालाई रगतको आवश्यक परेपछि, सेनाले गर्याे रक्तदान
कलिलै उमेरमा क्यान्सरको सिकार बनेका थापाको शरीरमा रगतको मात्रा घटेसङै रक्त अभाव भई रगत सङ्कलन गर्ने क्रममा दैलेखमा अवस्थित ईन्द्रदल गुल्म ब्यारेकबाट खटिएको सैनिक जवानहरूको टोलीले थापालाई रक्तदान गरेको हो । थापालाई रक्त अभाव भएको सूचना ब्यारेकमा आय सङ्गै गुल्म पति दिनेश लामाले रक्तसमुह मिल्ने सैनिक जवानहरूलाई पठाई रक्तदान गरेको थापाका दाइ लाल बहादुर थापाले बताए ।
करिब चार वर्ष जति वैदेशिक रोजगारको सिलसिलामा साउदी बसेर पुन दोस्रो पटक साउदी जाने क्रममा स्वास्थ्य अवस्थामा केही खराबी आयपछि चेकजाँचको क्रममा क्यान्सर रोग प्रमाणित भयको थियो ।
रोग लागिसकेपछि साउदीमा उपचार पश्चात् नेपाल फर्केसँगै रोग पुन बल्झँदै लामो समयसम्म काठमाडौँमा उपचार पश्चात् दैलेख फर्किसकेपछि केही सुधार भयका थापालाई पुन समस्या देखिएसंगै दैलेख अस्पतालमा भर्ना गरियको थियो । भर्ना गरिएका थापामा रगतको कमी देखिएपछि अस्पताल र आफन्तहरूले थापाको समुहसंग मिल्ने रगतको खोजी गरिरहेको बेला दैलेख स्थित ईन्द्रदल गुल्मका सैनिकहरूले रक्तदान गरेका छन् ।
सेनाले रगत दिएपछि आफू बाच्ने आस पलाएको थापाले बताए । दैलेख स्थित ईन्द्रदल गुल्मले जिल्लामा विभिन्न समयमा सामाजिक, धार्मिक काम लगायत सार्वजनिक चासोको जनसवालमा विभिन्न सहयोगहरू गर्दै आइरहेको छ ।