Loading... आजः २०७८, ११ मंसिर शनिबार

अध्यक्ष प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नियमित स्वास्थ्योपचारका लागि भैँसेपाटीस्थित मेडिसिटी अस्पताल भर्ना भएका छन् ।

उनका स्वकीय सचिव रमेश मल्लले दौडधुपका कारण रक्तचाप बढेकाले उपचारको लागि मेडिसिटी अस्पताल भर्ना भएको जानकारी दिए ।

‘डोल्पा र भोजपुरमा केही कार्यक्रममा सहभागी भएपछि उहाँको स्वास्थ्यमा सामान्य समस्या आयो’, उनले भने, ‘त्यही भएर नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल जानुभएको हो ।’ स्वकीय सचिव मल्लका अनुसार प्रचण्ड उपचारपछि आजै साँझ नै घर फर्कने बताए ।