Loading... आजः २०८०, ९ मंसिर शनिबार

क्षेत्रीय अधिवेशनमा आफ्नो विजयी सुनिश्चित हुने मल्लको दाबी 

दैलेख ः नेपाली काँग्रेसको चौधौँ महाधिवेशन अन्तर्गत मङ्सिर ६ गते हुने क्षेत्रीय अधिवेशनमा आफू क्षेत्रीय सभापति पदमा विजयी हुने नगेन्द्र बहादुर मल्लले दाबी गरेका छन् ।
आसन्न महाधिवेशनमा दैलेख निर्वाचन क्षेत्र न १ को क्षेत्रीय सभापतिको पदमा आफ्नो उम्मेदवारी सार्वजनिक गरिसकेका मल्लले मङ्सिर ६ गते हुने निर्वाचनमा क्षेत्र न १ का सबै पालिकाका वडा सभापति क्षेत्रीय प्रतिनिधिहरूले आफ्नो पक्षमा मतदान गर्ने उनले बताए ।
दुई वटा निर्वाचन क्षेत्र रहेको दैलेखमा दुई जना क्षेत्रीय सभापतिहरूबिच चुनावी प्रतिस्पर्धा हुने भएको छ । दुई खेमामा विभाजित दैलेख काँग्रेसमा देउवा समूहबाट डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष समेत रहेका नगेन्द्र बहादुर मल्ल रहेका छन् भने,पौडेल खेमाबाट भगवतिमाई गाउँपालिकाका वडा नं। ६ का दशरथ खड्का सभापति पदमा चुनावी मैदानमा होमाएका छन् ।
पार्टी भित्र बौद्धिक,शालीन, कुशल सगठक रूपमा आफ्नो छुट्टै परिचय बनाएका मल्ल यस पटक हुने पार्टीको निर्वाचनमा क्षेत्रीय सभापतिको पदमा टिमले निर्णय गरेसङै दैलेख काँग्रेसमा खुसी छाएको छ, एउटा परिपक्व,बौद्धिक,शालीन स्वभाव कुशल सङगठक जस्तो उम्मेदवार आफूहरूले प्रस्तुत गर्न पाएकोमा आफूहरू खुसी रहेको काँग्रेस नेता बखत कटुवालले बताए ।
लामो समय शिक्षण पेसामा सेवा गरेका मल्ल, शिक्षण पेशादेखिनै असल ईमान्दार व्यक्तिको रूपमा परिचित छन्,लामो शिक्षण पेसा पश्चात् उनको बढ्दो लोकप्रियतालाई देखेर दैलेख काँग्रेसले २०७४ सालको स्थानीय निर्वाचनमा गाउँपालिकाको अध्यक्ष उठाउने निर्णय गरेसँगै उनी चुनावमा होमिए र सजिलै धेरै मतान्तरको फरकमा उनी विजयी भए, उनको बढ्दो लोकप्रियतासँगै पार्टीले आसन्न क्षेत्रीय अधिवेशनमा समेत उनलाई अगाडि सार्यो फलस्वरूप उनी क्षेत्रीय अधिवेशनको लागि क्षेत्रीय सभापति पदमा होमिएका छन् । उनले निर्वाचन क्षेत्र न १ का सबै प्रतिनिधिहरूसँग आफ्नो पक्षको लागि भोट माग्दै छन् ।
मल्लले आफू लगायत सबै आफ्ना समूहका महाधिवेशन प्रतिनिधिहरू सबैलाई भोट दिई जिताउन समेत अपिल गरेका छन् ।
जिल्लामा वडा स्तरको,नगरस्तरको,प्रदेश स्तरको निर्वाचनमा देउवा समूह हाबी हुँदै गइरहेको अवस्थामा क्षेत्रीय सभापति पदमा मल्ल निर्वाचित हुने र मल्ल निर्वाचित पश्चात् जिल्लामा पार्टी थप बलियो बन्ने नारायण नगरका नगर सभापति मनोज कुमार थापाले बताए । निर्वाचन क्षेत्र न १ मा नगेन्द्र बहादुर मल्लहरूको समूहको माहौल बन्दै गइरहेको अवस्थामा सबै मतदातालाई मल्लका पक्षमा मतदान गरिदिन सभापति थापाले अपिल गरेका छन् ।