Loading... आजः २०८१, ३० भाद्र आईतवार

पार्टी सचिब भईसकेका सुबेदी,पालिकाको अध्यक्षमा मनोनित

दैलेखः नेकपा माओबादी केन्द्र दैलेखको पार्टी सचिब समेत भईसकेका छबि सुबेदी नौमुले गाउँपालिकाको पालिका सभापतिमा निर्विरोध मनोनित भएका छन् ।

लामो समयदेखि कम्युनिष्ट राजनिति गर्दै आएका सुबेदी माओबादी केन्द्र जिल्ला कार्य समिति दैलेखले गरेको निर्णय अनुसार उनी पालिका सभापतिमा निर्बिरोध चयन भएका हुन् । नौमुले गाउँपालिका–६ स्थायी घर भएका सुबेदी पार्टी भित्र बौद्विक, सालिन, कुशल सङ्गठक ब्यक्तिको रूपमा परिचित उनि कलिलै उमेरमा कम्युनिष्ट राजनितिमा होमिएका नेता हुन्, २०५० सालदेखि नेपाल मजदुर किसान पार्टी दैलेखको सक्रिय सदस्य भई पार्टीमा सक्रिय रूपमा लागेसङ्गै देशको बदलिदो परिस्थिति अनुरूप देशमा माओबादीको उदय भयसङ्गै माओबादी पार्टीमा प्रबेश गरे,२०५८ सालमा पार्टीको पुर्णकालिन सदस्य रहेका उनि भुमिगत समयमा प्रवासमा रहदा माओबादी केन्द्रका शिर्ष नेताहरूसङ्ग नजिक रही काम गर्दै आएका सुबेदी,२०७१ सालमा माओबादी केन्द्र दैलेखको पार्टी सचिब समेत रहेका थिए ।

कर्णाली प्रदेश बुद्धिजिवि सङ्गठनको सयोजकको रूपमा रही काम गर्दै आएका सुबेदीलाई पार्टीले पालिका सभापतिको रूपमा मनोनित गरेसङगै पार्टिभित्र थुप्रै नेता कार्यकर्ताले असन्तुष्टि ब्यक्त गरेका छन् । लामो समय पार्टीको जिल्ला स्तर प्रदेश स्तर र प्रवासमा समेत राजनिति गर्दै आएका नेतालाई पालिकामा पार्टीले सुबेदीलाई सभापति बनाउने निर्णय सगै सामाजिक सन्जालमा प्रकास अधिकारिले दुःख बेक्त गरेका छन् ।

बौद्धिक सालिन पुरानो नेताको छबि बनाएका सुबेदी, पार्टीले उनको कामको जिम्मेवारी, कार्यक्षमता, लगानि अनुसार जिल्ला अर्थात प्रदेशमा मनोनित गर्नुपर्ने नेतालाई पालिकामा खुम्चाउनुमा माआबादी पार्टी भित्र फरक ढङ्गले हेर्न थालिएको छ ।