Loading... आजः २०८१, २६ आश्विन शनिबार

महाधिबेशन प्रतिनिधिका लागि आफ्नो पक्षमा मतदान गरिदिन मोहनमाया प्याकुरेलको अपिल

दैलेखः नेपाली काँग्रेसको आसन्न चौधौ महाधिबेशनमा महाधिबेशन प्रतिनिधिका लागि आफ्नो पक्षमा मतदान गरिदिन मोहनमाया प्याकुरेलले अपिल गरेकी छन् । चौधौ राष्ट्रिय महाधिबेशनमा दैलेख निर्वाचन क्षेत्र नं १ को महिला तर्फको (खस आर्य)मा महाधिबेशन प्रतिनिधिमा उम्मेदवारी दिएसङ्गै दैलेख निर्वाचन क्षेत्र न १ का वडा सभापतिहरू र क्षेत्रिय प्रतिनिधिहरूसङ्ग आफ्नो पक्षको लागि मत दिन अपिल गरिकि हुन् ।
सदैब त्याग र निष्ठाको राजनिति गर्ने प्याकुरेल जिल्लाको पुरानो महिला नेतृको रूपमा स्थापित भईसकेकी उनि जिल्ला स्थित पार्टीमा महिलाहरूको नगन्य उपश्थितिका बाबजुद पनि थुप्रै जोखिमहरू मोल्दै, जिल्लामा थप महिला नेतृ जन्माउन सफल दैलेख काँग्रेसकै पुरानो एक अभिभावको रूपमा परिचित महिला नेतृ हुन् । जिल्लामा पार्टीभित्र महिलाहरूको न्युन उपस्थिति रहने पार्टीमा उनि जोडिएसगै उनले थुप्रै सक्षम काबिल महिला नेतृ जन्माउन सफल रहेकोमा उनि खुसि ब्यक्त गर्छिन् उनि थप्छिन, पार्टीमा महिलाहरूको नगन्य उपस्थिति हुन्थ्यो,पढाई उचित ज्ञान तेति थियन् आफ्नो ज्ञान सिपले अन्य दिदिबहिनिहरूलाई पार्टीसङ्गै जोड्यौ अहिले धेरै दिदिबहिनिहरू जोडिनु भाको छ,सबै सक्षम हुनुहुन्छ खुसी लाग्छ ।
लामो समय शिक्षण पेशामा आबद्ध उनि २०४८ सालमा शिक्षण पेशा त्यागि राजनितिमा होकिएकी सरल स्वभाव भएकी, त्यागि, ईमान्दार निष्ठाको राजनिति गर्ने जिल्ला स्थित सबै महिला दिदिबहिनिहरूको अभिभावक समेत रहेको महिला नेतृ प्रभा सिजापतिले बताईन् ।
को हुन् मोहनमाया प्याकुरेल
आफ्नो खाईपाई आएको शिक्षण पेशालाई त्यागि राष्ट्रियता लोकतन्त्र र समाजबादका निमित्त आम महिला दिदिबहिनिहरूलाई राजनितिको मद्दतले आम रूपमा चेतना अभिबृद्धि गराउने पिछडियको बर्गको हकहितका लागि,सत्य र न्यायका लागि आवाजबिहिन महिलाहरूका हकहितका लागि पार्टी प्रति महिला दिदिबहिनिहरूलाई जागरूक बनाउन लागेकी जिल्लाकै पुरानो काँग्रेस महिला नेतृ हुन् ।
राजनैतिक आबद्धता
–२०४८ सालमा पार्टीको सक्रिय सदस्यता लिएको,
–२०५१ सालदेखि पार्टीको सक्रिय राजनितिमा सहभागी भएको ।
–२०५२ सालमा जिल्लाको प्रतिनिधि रही पार्टीमा काम गरेको ।
–२०५२ सालदेखि २०५४ सालसम्म नेपाली काँग्रेसको भातृ सङ नेपाल महिलासंघ दैलेखको जिल्ला सचिब रहि काम गरेको
–२०५४ देखि २०७० सालसम्म १७ बर्ष नेपाल महिला संघ दैलेखको जिल्ला सभापतिको पदमा रहि काम गरेको ।
–२०६० सालमा दैलेख निर्वाचन क्षेत्र न १ बाट क्षेत्रीय प्रतिनिधिको रूपमा छनौट भएको ।
–२०७२ सालदेखि २०७८ सालसम्म निर्वाचन क्षेत्र न १ को महासमिति सदस्य पदमा हालसम्म रहेको ।
–मङ्गलादेबि स्मृति प्रतिष्ठानको जिल्ला शाखा दैलेखको अध्यक्ष समेत रहेकी छन् ।
पार्टिमा लागे पश्चातको अनुभब
–२०४४ सालमा नेपाल महिला संघले आयोजना गरेको कार्यक्रममा दैलेखबाट महिला कानुनि प्रशिक्षकको रूपमा प्रशिक्षण गराएको
–२०४५ सालमा महिला प्रशिक्षण केन्द्र सुर्खेतले आयोजना गरेको कार्यक्रममा राजनितिक महिला प्रशिक्षकको रूपमा प्रशिक्षण दिएको ।
–२०५३ सालमा महिला तथा समाज कल्याण मन्त्रालयले आयोजना गरेको राष्ट्रिय महिला सम्मेलनमा सम्पर्क ब्यक्तिको रूपमा सफलतापुर्वक भाग लिई महिला तथा समाज कल्याण मन्त्रालय र जनस्तरका महिलाहरूबिच दोहोरो सम्पर्क कायम गरि सम्पर्क ब्यक्तिको रूपमा सक्रिय रहि काम गरेको ।
–नेपाल महिला संगठन महिला न्यायिक समुह सेवा परियोजनाले आयोजना गरेको महिला कानुनी साक्षारता अभियान तालिममा नेपाल महिला संघ जिल्ला कार्यसमिति दैलेखको तर्फबाट सहभागि भई आबश्यक तालिम लिएको ।
–महिला प्रशिक्षण केन्द्र सुर्खेतले आयोजना गरेको महिला संगठनका पदाधिकारिहरूको दश दिने राजनैतिक प्रशिक्षण तालिम लिएको ।
–२०६५ सालमा जागरण नेपाल नामक संस्थाले आयोजना गरेको राजनैतिक महिला सहभागिता क्षमता अभिबृद्धि तालिम लिएको
–जागरण नेपाल नामक संस्थाले आयोजना गरेको महिला अधिकार निर्वाचन, जनवकालत र नेतृत्व बिकास तालिममा महिला संघ दैलेखको तर्फबाट सहभागी लिई तालिम लिएको ।
–२०७१ सालमा नेपाली काग्रेस जिल्ला कार्य समिति दैलेखले आयोजना गरेको मेचि महाकाली जागरण अभियानमा प्रशिक्षक प्रशिक्षणको तालिम लिएको ।
–दैलेख जिल्ला स्थित सम्पुर्ण राजनितिक दलका महिलाहरू सहितको सहभागितामा अन्तरपार्टी साझा महिला सन्जाल गठन गरि जिल्लाको पहिलो अध्यक्षको रूपमा लामो समयसम्म काम गरेको ।