Loading... आजः २०८३, ११ बैशाख शुक्रबार

नेपाली काँग्रेस दैलेखको सभापतिमा रेग्मी विजयी

दैलेख ः नेपाली काँग्रेस दैलेखको जिल्ला सभापतिमा पौडेल पक्षका मणिराम रेग्मी विजयी भएका छन् ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगर्त भएको जिल्ला अधिवेशनमा जिल्ला कार्यसमिति चयनका लागि संस्थापन समुह (काँग्रेस सभापति शेरबहादुर देउवा पक्ष) र संस्थापन इतर (काँग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष) चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए ।
सभापतिमा संस्थापन समुहबाट काँग्रेस दैलेखका युवा नेता घनश्याम भण्डारी र संस्थापन ईतरका मणिराम रेग्मी चुनावी मैदानमा थीए ।
जिल्ला कार्य समिति चयनका लागि शनिवार मतदान भएको थियो । शनिवार साँझ देखिनै सुरू भएको मतगणनाको अन्तिम मत परिणाम आइतबार साँझ सार्वजनिक भएको छ ।
सार्वजनिक मत परिणाम अनुसार ७९१ मत सहित मणिराम रेग्मी काँग्रेस दैलेखको सभापतिमा निर्वाचित भएका हुन् । संस्थापन समुहबाट सभापति पदका उम्मेदवार घनश्याम भण्डारीले ७५४ मत पाए । जिल्लामा जम्मा १५ सय ५९ मत खसेको थियो ।
मत गरण सकियपछी उनिहरुले आम नागरिक तथा मतदाताहरुलाई संयुक्त रुपमा सम्बोधन गर्दे आफ्नो अभिब्यक्ति दिएका छन् । सभापति हारेमा घनश्याम भण्डारीले भने हामी सबै काँग्रेस हौँ पार्टिमा मणिराम सरको धेरै योगदान छ । हामीले मतदाताहरुलाई आफ्नो स्व विवेक प्रयोग गर्ने दिएका थियौ जस अनुसार मतदादाहरुले स्व विवेक प्रयोग गरेर मणि सरलाई विजयी गराउनु भएको छ ।
त्यस्तै रेग्मीले पनि सबैलाई घन्यवाद दिदै हामी एउटै पार्टिमा रहेर काम गरिरहेका छौँ चुनावमा जाँदा हार जित स्वभावित हो, मैले यहाँबाटै घोषण गरे घनश्यामलाई जिल्ला कार्यसमितिमा नेपाली काँग्रेसको बरिष्ठ नेताका रुपमा राखिने छ ।

समाचार