दैलेख निवार्चन कार्यालद्धारा मतदाता नामावली संकलन सुरू (तालिका सहित)
दैलेख ः जिल्ला निर्वाचन कार्यालय दैलेखले मतदाता नामावली संकलन सुरु गरेको छ ।
आसन्न सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनलाई मध्यनजर गर्दै दुई चरणमा फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी निर्वाचन कार्यालयले गरेको हो । चुनाव लक्षित गरी जिल्लाका ९ वटा पालिकाको केन्द्रमा निर्वाचनको टोली पुगेर मतदादा नामावली संकलन गर्ने कार्यतालिका सार्वजनिक भएको छ । तालिका अनुसार पहिलो चरणमा यही मंसिर १७ देखि २६ गतेसम्म र दोस्रो चरणमा मंसिर २८ देखि आगामी पुस ८ गतेसम्म फोटोसहितको मतदाता नामावली सङ्कलन गर्ने तयारी गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।
तालिका अनुसार पहिलो चरणमा आठविस नगरपालिका, चामुण्डाविन्द्रासैनी नगरपालिका, महावु गाउँपालिका, गुराँस गाउँपालिका भगवतिमाई गाउँपालिकामा मतदाता नामवली संकलन गरिने छ भने । दोस्रो चरणमा ठाटिकाँश गाउँपालिका, भैरवी गाउँपालिका, नौमुले गाउँपालिका डुङ्गेश्वर गाउँपालिकामा फोटो सहितको मतदाता नामवली सकलन गरिने छ ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यतालिका अनुसार जिल्लामा पनि कोही नछुटुन कोही नदोहोरिउन भन्ने नागमहित फोटोसहितको मतदाता नामावली संकलन अभियान सञ्चालन गर्ने तयारी गरिएको जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख मनमाया काउचाले बताइन् । उनले भनिन् ‘नामावली दर्ताका लागि १८ वर्ष पुगेका नागरिकले नागरिकताको सक्कल र प्रतिलिपि सहित तोकिएको स्थानमा पुग्नुपर्ने छ ।’
जिल्लाको नारायण नगरपालिका र दुल्लु नगरारालिका प्रशासन मै नाम संकलन गरिएको छ ।
यस्ताे छ तालिका