Loading... आजः २०८३, १९ बैशाख शनिबार

दैलेखमा लागु औषध सहित दुई जना पक्राउ

दैलेख ः दैलेखमा लागु औषध सहित दुई जना पक्राउ परेका छन् । दैलेखको पुरानो बजार क्षेत्रमा लागु औषधको कारोबार भइरहेको सूचना अनुसार जिल्ला प्रहरी कार्यालय दैलेखले निगरानी गर्ने क्रममा बुधवार विहान साढे ११ बजेको समयमा सरस्वती गाविस भवन पछाडिबाट २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले जानकारी दिए ।
प्रहरी प्रमुखका अनुसार पक्राउ पर्नेमा नारायण नगरपालिका वडा नं।९ साढुका २५ बर्षिय टोपेन्द्र रावत र भगवतिमाई गाउँपालिका–१ दैलेखका विनय थापा छन् । उनिहरुलार्ई शंकास्पद अवस्थामा देखि सोधपुछ गरी उनीहरू बसेको ठाउँमा खानतलासी गर्दा भवनको भित्तामा लुकाएर राखेको खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ भेटिएको र उनीहरू भाग्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । त्यहाँ भेटिएको लागु औषध तौल गर्दा २९० यामजी, प्लास्टिक बाहेकको तौल १३८ यामजी भेटिएकोले दुवै जनालाई लागु औषध ब्राउन सुगर कारोबार तथा बेचबिखनमा संलग्न भएको हुन सक्ने भएकोले जिल्ला अदालत दैलेखबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको दैलेख प्रहरीले जनाएको छ ।

समाचार