Loading... आजः २०८१, २४ कार्तिक शनिबार

विद्यालयमै मोडर्ना खोप अभियान

दैलेख : स्वास्थ्य सेवा कार्यालय दैलेखले विद्यार्थिहरुलाई विद्यालयमनै कोरोना भाईरस बिरुद्धको मोर्डना खोप विद्यालयमै लगाउने अभियान संचालन गरेको छ ।
दैलेखमा ३५ हजार ५ सय ५० बालबालिकालाई विद्यालयमै मोडर्ना खोप लगाइने स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त प्रमुख थिर प्रसाद रेग्मीले जानकारी दिए । उनका अनुसार दैलेखका ९० वटै वडामा रहेका निमावि र मावि विद्यालयमा खोप केन्द्र स्थापना गरी १२ देखी १८ बर्ष सम्मका बालबालीकाहरुलाई उक्त खोप लगाउन थालीएको हो
नारायण नगरपालिकाले पुस ८ बिहीबारदेखी खोप अभियान सञ्चालन गरेको छ । नारायण नगरपालीकाका २१ विद्यालयमा अध्ययनरत करिब ४ हजार १ सय जना बालबालिकालाई खोप लगाउन लागिएको नारायण नगरपालिका स्वास्थ्य शाखाका सह– संयोजक लाल बहादुर खड्काले जानकारी दिए ।
कर्णाली प्रदेशका दैलेख, जाजरकोट, रुकुम पश्चिम, सल्यान, कालीकोट, जुम्ला, हुम्ला, मुगु र डोल्पामा मोडर्ना खोपको पहिलो मात्रा दिन थालिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका सूचना अधिकारी पदम केसी बताएका छन् प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले कर्णालीका ९ जिल्लाका १ लाख ५४ हजार ८ सय ७२ बालबालिकालाई खोप दिने लक्ष्य लिएको छ । सुर्खेतमा यही उमेर समूहका २ हजार ९८ बालबालिकालाई कोरोना भाइरसविरुद्धकै ‘फाइजर खोपको पहिलो मात्रा दिइएको छ ।