Loading... आजः २०८१, २७ भाद्र बिहीबार

पाँच जिल्लाका २९ जना मिस्त्रीलाई तालिम

दैलेख : दैलेखमा पाँच जिल्लाका २९ जना मिस्त्रीलाई तालिम दिइएको छ । जिल्लाको डुङ्गेश्वर गाउँपालिका–२ लाँकुरीस्थित देउलीमा सञ्चालित खानेपानी तथा सरसफाई मिस्त्री तालिम सकिएको हो ।

एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेल्भेटास नेपालको आयोजना तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपालको सहजिकरणमा तालिम सञ्चालन भएको थियो । तालिमबाट २९ जना खानेपानी तथा सरसफाई सम्बन्धी कार्यगर्ने मिस्त्री तयार भएका छन् ।

उक्त तालिममा दैलेख, अछाम, कालिकोट, जाजरकोट र सुर्खेतका १४ स्थानीय तहबाट २९ जना सहभागि थिए । तालिमको प्रशिक्षकको रुपमा विज्ञान नेपाली, रामकुमार श्रेष्ठ र देव कुमार विसी रहेको सामाजिका सेवा केन्द्र, दैलेखले जानकारी दिएको छ । गत मंसिर २२ गतेदेखि सुरु भएको तालिम बुधवार सकिएको हो ।

डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्रबहादुर मल्ल, उपाध्यक्ष सिता ज्ञवाली, डुङ्गेश्वर गाउँपालिका– २ का वडाध्यक्ष राजुकुमार खत्री, वडा नं. १ का वडाध्यक्ष लोकबहादुर डाँगी, हेल्भेटास नेपालका क्षमता विकास विशेषज्ञ निलकण्ठ पाण्डे, सामाजिक सेवा केन्द्र (सोसेक) नेपालका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ लगायतको उपस्थितीमा तालिम समापन गरिएको थियो ।

तालिम समापन कार्यक्रमका अबसरमा कुइँयादेउली खानेपानी तथा सरसफाई योजना समितिले तालिम सञ्चालनका लागि धन्यवाद ज्ञापन गर्दै सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल र हेल्भेटास नेपाललाई सम्मानपत्रसमेत प्रदान गरेको छ ।