Loading... आजः २०८१, ३ कार्तिक शनिबार

दैलेखमा कर्णाली प्रदेश स्तरिय ब्यापार मेला हुने

दैलेख : दैलेख उघाेग बाणिज्य संघ, दैलेखले कर्णाली प्रदेश स्तरिय ब्यापार मेला गर्ने भएकाे छ । बुधबार नेपाल उघाेग बाणिज्य महासंघ,केन्द्रिय कार्यालय काठमाडाैमा अायाेजित मेला सम्बन्धि कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम अन्तर्गत गरिएकाे पत्रकार सम्मेलनमा दैलेख उघाेग बाणिज्य संघले कर्णाली प्रदेश स्तरिय,कर्णाली प्रदेश अाैघाेगिक,पर्यटन कृर्षि तथा ब्यापार मेला-२०८० सन्चालन गर्ने भएकाे छ।

पर्यटन तथा ब्यापार प्रबद्दनकाे मुख्य उदेश्य राखेर गर्न लागिएकाे उक्त मेला माघकाे २६ गतेदेखि शुरूभई फाल्गुनकाे ६ गतेसम्म रहने साथै उक्त मेलामा ३०० भन्दा बढी ब्यापारिक स्टलहरू रहने,उक्त स्टलमा तरकारि बिउ बिजन,घरेलु उघाेगबाट निर्मित छालाका जुत्ता गारमेन्ट, स्थानिय कच्चा पदार्थबाट निर्मित मालसामानहरू लगायत सुचना प्रबिधिसम्मकाे स्टलहरू प्रदशनिमा राखिने दैलेख उघाेग बाणिज्य संघका अध्यक्ष कुल बहादुर बिकले बताए ।

प्रदेश स्तरिय मेला हुने भएकाेले उक्त कार्यक्रम भब्य र शब्य रूपमा सन्चालन गर्न अाबश्यक तयारिहरूमा लागेकाे र उक्त मेला अबलाेकन गर्न कर्णाली प्रदेश लगायत बिभिन्न ठाउहरूवाट करिव एक लाख भन्दा बढी दर्शकले मेला अवलाेकन गर्ने र साे अबधिभर करिव दुई कराेडभन्दा बढि काराेवार हुने दैलख उघाेग बाणिज्य संघका महासचिब प्रकाश पाैडेलले बताए ।

नेपाली पहिलाे भाषाकाे शिलालेख भएकाे ठाउ,पञ्चकाेशी क्षेत्र,जहा अखण्ड ज्वाला सदियाै देखि बलिरहेकाे ठाउ,ऐेतिहासिक पाण्डबद्वारा निर्मित देवलहरू,धार्मिक क्षेत्र,बिभिन्न प्राचिन सम्पदाहरूकाे ब्यापक प्रचार प्रसार,धार्मिक पुरातात्तिक तथा पर्यटकिय स्थलहरूकाे प्रचुर सम्भावना बाेकेकाे दैलेखकाे ब्यापक प्रचार प्रसार नभएकै कारणले अाझेलमा परेकाे हुदा,यि र यस्ता खालका मेला, महाेत्सवले जिल्लालाई बिश्वसामु चिनाउनकाे लागि जिल्लामा मेला अायाेजना गर्न लागेकाे अध्यक्ष बिकले बताए ।

निजि क्षेत्रकै अगुवाई बहस पैरबि गर्ने सस्था उघाेग बाणिज्य संघले अायाेजना गर्न लागेकाे मेलामा जिल्लामा स्थानिय तह,स्थानिय प्रशाशन,प्रदेश उघाेग बाणिज्य महासंघ,नेपाल उघाेग बाणिज्य महासंघ केन्द्रिय कार्यालयसङ्ग समेत उपयुक्त सल्लाहकाे साथ उक्त निकायहरूले मेला सन्चालनमा अनुमति दिनुका साथै भरपुर सहायाेग गर्ने बचन समेत पायकाे महासचिव पाैडेलले बताए ।