Loading... आजः २०८१, ५ जेष्ठ शनिबार

बुद्दिचाल सघं कर्णाली प्रदेशको अध्यक्षमाःश्रेष्ठ


दैलेखः बुद्दिचाल सघ कर्णाली प्रदेशको अध्यक्षमा मिस्टर कार्लमाक्स श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
बुद्दिचाल सघं कर्णाली प्रदेशकले कर्णाली प्रदेशको राजधानि वीरेन्द्रनगरमा आयोजना गरेको सघंको दोस्रो साधारण सभाले श्रेष्ठलाई सर्वसम्मत रूपमा अध्यक्ष पदमा चयन गरेको हो ।
बुद्दिचाल सघं कर्णाली प्रदेशले अध्यक्ष श्रेष्ठ सहित सात सदस्सिय नयाँ कार्यसमिति समेत गठन गरेको छ । जसको उपाध्यक्षमा गगन बहादुर शाही, सचिवमा लक्ष्मण ओली, सह–सचिव सन्तोष बिसि, कोषाध्यक्षमा अक्कल बहादुर शाही सदस्यहरूमा राजेश खड्का, चादनि थापा रहेका छन् ।
नबनिर्वाचित अध्यक्ष श्रेष्ठले बुद्दिचाल खेल आम मानिसहरूको बुझाईमा खासै महत्व नदियपनि यो खेलले मानसिक रूपमा बौद्दिक क्षमतामा समेत बृद्दि हुने भएको हुदाँ आम रूपमा यस खेलका बारेमा थप प्रचार प्रसार गरि जनस्तरमा यस खेलको महत्वको बारेमा बुझाउदै नयाँ अब्बल खेलाडी उत्पादन तर्फ आफु लाग्ने बताए ।
कार्यक्रममा कर्णाली प्रदेश खेलकुद बिकास परिषदका उपाध्यक्ष प्रेम हमाल बिरेन्द्रनगर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष जनक कुमार रावल लगायतका ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।