Loading... आजः २०८१, ३ कार्तिक शनिबार

नागरिक समाजको अगुवामा: प्याकुरेल

 दैलेखः नागरिक समाज दैलेखको अध्यक्षमा बालकृष्ण प्याकुरेल सर्वसम्मत चयन भएका छन् ।
दैलेख जिल्ला नारायण नगरपालिका वाड नं ६ स्थायी घर भएका प्याकुरेललाई जिल्ला न्यायधिस लगायतको एघार सदस्सिय समितिको सहमति पश्चात समाजको अगुवा चयन गरेको हो ।
लामो समय स्वास्थ्य सेवा अन्तर्गतको करिव बत्तिस बर्षको सरकारी सेवाबाट सेवा नृभित भई बिभिन्न धार्मिक,सामाजिक क्रियाकलापहरूमा अग्रपङ्तिमा रहि काम गर्ने प्याकुरेल जिल्लामा धार्मिक तथा सामाजिक मन भएका अगुवाको रूपमा परिचित छन् ।
लामो समय सरकारी सेवा पश्चात बिभिन्न सामाजिक कार्य अन्तर्गत जिल्लाकै पहिलो मेलमेलापकर्ताको आधारभुत देखि एडभान्स तालिम समेत लिईसकेका प्याकुरेल जिल्ला अदालत दैलेखमा मेलमिलापकर्ताको रूपमा सहजिकरण गर्दै आएका छन् ।
नगर बिकास समितिको सभापति हुदै स्थानीय शान्ति समितिको जिम्मेवार प्रतिनिधि भई समाजिक कार्यमा अगुवाको भुमिका निर्वाह गरेको र नागरिक समाजको अगुवाको भुमिकामा रहि नागरिक समाजमा सवालमा थप शशक्त रहन जिल्ला न्यायधिस बलराम लम्शाल, प्रमुख जिल्ला अधिकारी लगायतको सरकारी समितिले एक कार्यक्रम बिच प्याकुरेलाई नागरिक समाजको अगुवामा चयन गरेको हो ।
नागरिक समाजको अगुवा चयन भयसगै आफु धार्मिक एवम् सामाजिक कार्यमा लागिरहेको र समाजको अगुवा चयनभयसगै नागरिक समाजमा लागि आफुले गर्नुपर्ने सबै काममा लागिपर्ने अगुवा प्याकुरेलले बताए । प्याकुरेल आस्थाले भगवानको महिमा गाउने हुनाले उनलाई प्राय चिन्ने मानिसहरूले राधे राधे को नामले पनि चिन्ने गर्दछन ।